• २०८१ बैशाख ८ शनिबार

जोखिम मोलेर विद्यालय जादै

kharibot

मुगु । मुगुको एक विद्यालयका विद्यार्थी जोखिम यात्रा गरेर विद्यालय पुग्न बाध्य भएका छन् ।   छायाँनाथ रारा नगरपालिका-३ मा रहेको मालिका आधारभूत विद्यालय साँया खोलाका बालबालिकाहरू विद्यालयसम्म पुग्न जोखिम मोल्न बाध्य छन् ।

विद्यालयका करिब ६८ जना विद्यार्थीहरू ३० मिटरसम्म भिरालो र  साँघुरो बाटोबाट भएर विद्यालय आउजाउ गर्न पुग्न बाध्य  छन् । 

कक्षा १ देखि ५ सम्म पढाई हुने विद्यालयमा साना बालबालिकाहरू जोखिम यात्रा गरेर पढ्न बाध्य भएका हुन् ।  वर्षाले गर्दा बाटो पनि बिगार्दा विद्यालय जान गार्हो भएको कक्षा ४ मा अध्ययनरत्  चाउली तिरुवाले बताइन् । छायानाथ रारा नगरपालिकालाई बाटो निर्माणको लागि पहल भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रंगबहादुर विकले बताए ।  

मालिका आधारभूत विद्यालयमा खानेपानीको पनि समस्या छ । सडक मर्मत गर्ने क्रममा खानेपानीको पाइप काटिदिएकाले करिब पाँच महिनादेखि विद्यार्थीलगायत शिक्षकले विद्यालयको धाराको पानी उपभोग गर्न नपाएको अध्यक्ष विकले बताए ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै