• २०८१ बैशाख ७ शुक्रबार

फ्रान्कफर्ट र रेन्जर्स युरोपा लिगको फाइनलमा

kharibot

काठमाडौँ । जर्मनी क्लब इनट्राचट फ्रान्कफर्ट र स्कटिश क्लब रेन्जर्स युइएफए युरोपा लिगको फाइनलमा पुगेका छन् ।

गएराती समपन्न सेमिफाइनलको दोस्रो लिगमा रेन्जर्सले जर्मनी क्लब आरबी लेइपजिंगलाई ३-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ३-२ को नतिजा सहित रेन्जर्स फाइनलमा पुगेको हो ।

त्यस्तै अर्को सेमिफाइनलमा फ्रान्क फर्टले प्रिमियर लिग क्लब वेस्टह्याम युनाइटेडलाई १-० गोल अन्तरले पराजित गर्दै समग्रमा ३-१ को नतिजासहित फाइनलमा पुगेको हो ।

अब फाइनलमा फ्रान्कफर्ट र रेन्जर्स खेल्ने भएका छन् ।

फ्रान्कफर्ट १९८० पछि पहिलो पटक युरोपा लिगको फाइनलमा पुगेको छ । फ्रान्कफर्टले १९८० को युरोपा लिग जितेको थियो ।

त्यस्तै रेन्जर्स २००८ पछि पहिलो पटक युरोपा लिगको फाइनलमा पुगेको छ । रेन्जर्स २००८ मा युरोपा लिगको उपविजेता बनेको थियो । अब फाइनल खेल मे १८ मा खेलिने छ ।
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै