• २०८१ बैशाख ६ बिहीबार

केटी पेरीको अनौठो ड्रेस, कुर्सिबाट लडिन् !

kharibot

काठमाडौँ । हलिउड गायिका केटी पेरी आफ्नो फेसन सेन्सले सधैं मानिसको ध्यान तान्ने गर्छिन् । उनको हरेक लुक्स चर्चाको विषय बन्ने गर्छ । मेट गालामा पनि उनी आफ्नो फरक पहिरनका कारण धेरै चर्चामा छिन् ।

यसका कारण धेरै पटक उनी मुश्किलमा पनि पर्ने गर्दछिन् तर यसपटक उनी पहिरनका कारण फेरी मुश्किलमा परेकी छन्, हालै आफ्नो ड्रेसका कारण पेरी कुर्सिबाट लडेकी छन् । 

उनी कुर्सिबाट लडेको भिडियो निकै भाइरल भइरहेको छ । चाखलाग्दो कुरा के छ भने यो भिडियो उनले आफैले सेयर गरेका हुन् ।

वास्तवमा केटी पेरी अहिले अमेरिकन आइडललाई जज गरिरहेकी छिन् र यसै क्रममा उनी मर्मेडको लुकमा शोमा पुगिन् । भिडियोमा जजिङ प्यानलमा बसेकी केटी पेरी आफ्नो कुर्सीबाट खसेको बेला शोको होस्टले प्रतियोगीहरूको बारेमा कुरा गरिरहेको देख्न सकिन्छ । फिश कट आउटफिट भएका कारण उनी एक्लै उठ्न पनि नसक्ने भएकाले यो पोशाक लगाउन उनलाई निकै गह्रो थियो, त्यसैले आयोजक र प्यानलका सहकर्मी जजहरूले धेरै प्रयास गरेर उनलाई उठाए ।

भिडियोमा देख्न सकिन्छ कि केटी पेरी तल खसेको बित्तिकै बाँकी जजहरूले हासो रोक्न सकेनन्, तर केटीले पनि यो अवस्थालाई निकै बुद्धिमानीपूर्वक ह्यान्डल गरिन् र आफैं हँसाइदिइन् । यस क्रममा जजसहित दर्शकले आफ्नो हाँसो रोक्न सकेनन् । केटी पेरीलाई शोमा कुर्सीमा ल्याउन पनि ट्रलीको प्रयोग गरिएको थियो, किनभने उनी आफ्नो पहिरनका कारण हिँड्न पनि सक्ने अवस्थामा थिनन् ।

यो पहिलो पटक होइन जब केटीले उनको अनौठो ड्रेसमा देखिएकी थिइन् । केहि समय अघि अमेरिकन आइडलकै स्टेजमा उनले लगाएको पाइन्ट च्यातिएको थियो र उनले टेप लगाएर परफरमेन्स गरेकी थिइन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै