• २०८१ बैशाख १३ बिहीबार

प्रमोद खरेलको 'मायाको नाटक’मा गरिमा र विक्रमको अभिनय

kharibot

काठमाडौं । गायक प्रमोद खरेलको स्वर रहेको मायाको नाटक बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

दिनेश राज पुरीको शब्द सृजना रहेको गीतमा नविन कार्कीको संगीत छ ।

विशाल निरौलाको एरेन्ज र मिक्सिङ रहेको गीतको त्रिकोणत्मक प्रेम कथामा आधारित भिडियोमा गरिमा शर्मा, विक्रम बुढाथोकी र संगम मल्ल ठकुरीको अभिनय देख्न सकिन्छ । 

प्रेमीकाले धोका दिएर प्रेमीलाई घाइते बनाएको कथालाई निर्देशक बिक्रम चौहानले कलात्मक तरिकाले भिडियोमा देखाएका छन् ।

प्रकाश खड्काको छायांकन रहेको भिडियो गायक सुभाष पुरीको प्रस्तुतिमा तयार भएको हो ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै