• २०८१ बैशाख ७ शुक्रबार

बहुप्रतिक्षीत फिल्म कबड्डी-४ को ट्रेलर सार्वजनिक

kharibot

काठमाडौँ । बहुप्रतिक्षीत फिल्म कबड्डी-४ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा भरपुर कमेडी रहेको छ ।

अघिल्ला तीन सिरिजमा मैयाँको प्रेम पाउन नसकेर विरक्तिएका काजी (दयाहाङ राई) को जोखाना हेर्दै झाँक्रीले जसरी हेर्दा पनि यो साल त बिहे मात्र देखाउँछ भन्ने डाइलग निकै रोचक देखिन्छ । ‘कबड्डी ४’लाई ‘कबड्डी’ सिरिजको अन्तिम श्रृंखला भनिएको छ । यसैले यसपटक काजी (दयाहाङ राई) को जोडी बाँधिने ट्रेलरमा झाँक्रीले बोल्ने संवादले प्रस्ट्याउँछ ।

यो फिल्म जेठ १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।

 फिल्ममा डिग्रीधारी बमकाजीको भूमिकामा रहेका सौगात मल्लको पनि शसक्त भूमिका रहेको ट्रेलरमा बुझ्न सकिन्छ ।

रामबाबु गुरुङले निर्देशनमा तयार भएको फिल्ममा बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणी नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, सारदा अधिकारी लगायतको पनि अभिनय छ । फिल्मलाई निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले मिलेर लेखेका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै