काठमाडौँ । रुसको धम्कीको बाबजुद जर्मनीले युक्रेनलाई गेपार्ड एन्टी एयरक्राफ्ट ट्याङ्क उपलब्ध गराउने सहमति गरेको छ । युरोपेली सुरक्षाका सम्बन्धमा जर्मनीले जति वाचा गरेको थियो, त्यसले युक्रेनलाई ट्याङ्क बेचेर ती सबै वाचाहरू पूरा गरेको छ।
जर्मनीको रक्षा उद्योगले फेब्रुअरीदेखि युक्रेनलाई यो ट्याङ्क बेच्ने प्रयास गरिरहेको थियो । तर जर्मनीको सरकारले यसलाई अनुमोदन गरेको थिएन । जसका कारण जर्मनीका जनताले सरकारको चर्को आलोचना गरिरहेका थिए ।
जर्मन रक्षामन्त्री क्रिस्टिना ल्याम्ब्रेचले युक्रेनमा अमेरिकाले आयोजना गरेको रक्षा सम्मेलनको सुरुमा जर्मनीको रामस्टेन एयर बेसमा उद्घाटन टिप्पणी गर्दा यो कदमको घोषणा गरेकी हुन् ।
'हामीले युक्रेनलाई 'गेपर्ड' एन्टि-एयरक्राफ्ट ट्यांकहरू पुर्याउनेछौं छ ।' ल्याम्ब्रेचले भनिन् ।
गेपार्ड ट्यांक १९६०-१९७० मा विकसित गरिएको थियो, तर नवीनतम इलेक्ट्रोनिक्ससँग यसलाई धेरै पटक अपग्रेड गरिएको छ । तर जर्मन सेनाले लगभग एक दशक पहिले यी ट्यांकको प्रयोग हटाएको बताइएको छ ।
बर्लिनले जर्मन भूमिमा युक्रेनी सैनिकहरूलाई तालिम दिने काम गरिरहेको पनि ल्याम्ब्रेचले बताइन् । 'हामी हाम्रा अमेरिकी साथीहरूसँग युक्रेनी सेनालाई जर्मन भूमिमा आर्टिलरी प्रणालीमा प्रशिक्षण दिन काम गरिरहेका छौं ।' मन्त्रीले भनिन् ।
चान्सलर ओलाफ स्कोल्जको सरकार युक्रेनलाई सिधा भारी हतियारहरू पठाउन अस्वीकार गरेकोमा दबाब बढिरहेको थियो । जर्मनीले युक्रेनलाई हतियार दिन ढिला गरेको स्वीकार समेत गरेको थियो ।