• २०८१ बैशाख १३ बिहीबार

एभरेष्ट बैंकद्वारा कर्णाली प्रदेश अस्पताल र कोपिला भ्याली स्कूललाई ​​सहयोग 

kharibot

काठमाडौँ । एभरेष्ट बैंकले कोपिला भ्याली स्कुलका विद्यार्थीहरुलाई ब्याग र कर्णाली प्रदेश अस्पताललाई मेडिकल उपकरण प्रदान गरेको छ । कर्णाली प्रदेशमा आयोजित एक कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । 

साथै बैंकले केही महिना अगाडि लक्ष्मी पार्क बुटवलमा पार्कमा घुम्न आउने पर्यटकहरुको सुविधाका लागि निर्माण गरिएको शौचालय पनि हस्तान्तरण गरेको छ ।

एभरेष्ट बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्दै आएको छ भने विभिन्न सामाजिक क्लब तथा संस्थाहरुलाई कल्याणकारी कार्यमा सहयोग गर्दै आएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै