• २०८१ बैशाख ७ शुक्रबार

विल स्मिथ र जाडाको डिभोर्स हुने चर्चा

kharibot

काठमाडौँ । ओस्कार अवार्डमा कमेडियन क्रिस रकलाई थप्पड हानेपछि विल स्मिथ अझै चर्चामा छन् । तर, यसपटक उनी आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा छन् । मिडिया रिपोर्टका अनुसार विल र उनकी श्रीमती जाडा पिन्केटबीच विवाद बढेको छ । हलिवुडमा अहिले उनीहरुको सम्बन्धविच्छेदको खबर आएको छ ।

मिडिया रिपोर्टका अनुसार विल र जादाको पछिल्लो समय सम्बन्ध राम्रो नरहेको बताइएको छ । अझ ओस्कर अवार्डमा थप्पड प्रकरणपछि उनीहरुको विवाद झन् बढेको बताइएको छ ।विल र जाडाबीच लामो समयदेखि विवाद चलिरहेको थियो र ओस्कार अवार्डको घटनापछि यो विवाद गहिरिएको छ । अहिले हलिवुडमा उनीहरुको समबन्धविच्छेदको चर्चा व्यापक भएको छ ।

यो जोडी अलग भएमा जाडाले विलको आधा सम्पत्ति पाउनेछिन् ।

विल स्मिथको कुल सम्पत्ति हाल करिब ३५० मिलियन डलर रहेको छ । यदि यस्तो भयो भने यो उद्योग संसारको सबैभन्दा महँगो सम्बन्धविच्छेद हुनेछ । यो सम्बन्धविच्छेद ब्राड पिट र एन्जेलिना जोली भन्दा महँगो हुन सक्ने रिपोर्टहरु सार्बजनिक भएका छन् ।

जादा स्मिथकी दोस्री श्रीमती हुन् । उनीहरुको १९९७ मा विवाह भएको थियो । स्मिथले १९९२ मा शेरी जाम्पिनोसँग विवाह गरेपनि १९९५ मा डिभोर्स गरेका थिए । जादा पनि हलिवुडकी चर्चित अभिनेत्री हुन् ।

विल स्मिथले ओस्कर अवार्ड २०२२ को समयमा स्टेजमा कमेडियन क्रिस रकलाई थप्पड हानेका थिए । क्रिस रक विलकी श्रीमतीको बारेमा मजाक गरेपछि स्मिथले स्टेजमै गएर क्रिसलाई थप्पड हानेका थिए । आफ्नी श्रीमतीको छेउमा बसेर विललाई यो कुराले धेरै नराम्रो लाग्यो र उनी स्टेजमा गए र क्रिसलाई ठूलो थप्पड दिए । तर, केही दिनपछि विलले पनि यस घटनाका लागि माफी मागे ।

यस घटना पछि स्मिथको निकै आलोचना भयो र एकेडेमीले उनलाई कारवाही गर्दै १० बर्षसम्म ओस्कार अवार्डमा सहभागी हुन नसक्ने गरि प्रतिबन्ध लगाएको छ । एकेडेमीले कारवाही गर्नु अघि स्मिथले एकेडेमीको सदस्यबाट राजीनामा दिएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै