• २०८१ बैशाख ६ बिहीबार

विश्वकप अघि ब्राजिल र अर्जेन्टिनाले अष्ट्रेलियामा मैत्रीपूर्ण खेल खेल्ने

kharibot

काठमाडौं । कतार विश्वकप–२०२२ अघि ब्राजिल र अर्जेन्टिनाले अष्ट्रेलियाको मेलवर्नमा मैत्रीपूर्ण खेल खेल्ने भएका छन् । यस मैत्रीपूर्ण खेलले अर्जेन्टिनाका कप्तान लियोनल मेसी र ब्राजिलका स्टार नेयमारलाई विश्वकपअघि आफ्नो टोलीलाई प्रमाणित गर्ने अवसर प्रदान गर्नेछ । यी दुईबीचको खेल ११ जुनमा हुनेछ ।

यसअघि दुवै टिमको पछिल्लो पटक विश्वकप छनोटका खेल सेप्टेम्बरमा ब्राजिलको साओ पाउलोमा खेलेका थिए । सो खेल चलिरहेको केही मिनेटमै ब्राजिलियन स्वास्थ्य अधिकारीहरुले मैदानमा गएर चार अर्जेन्टिनी खेलाडीलाई कोभिड–१९ क्वारेन्टिन नियम उल्लंघन गरेको आरोपमा पक्राउ गर्न खोजेका थिए । 

यद्यपि, अर्जेन्टिनी खेलअधिकारीहरुले हस्तक्षेप गरेपछि उक्त खेल स्थगित भएको थियो । हालसम्म स्थगित भएको उक्त खेल खेलिएको छैन । यद्यपि, सो खेल पुनः नभएपनि दुवै टिम कतारमा हुने विश्वकपमा छनोट भइसकेका छन् । 

बुधबार अस्ट्रेलियाको प्रान्तीय सरकारले ‘सुपरक्लासिको’ मेलर्बनको क्रिकेट मैदानमा हुने घोषणा गरेको हो । पाँच वर्षपछि हुन लागेको दक्षिण अमेरिकी फुटबल टिमको मैत्रीपूर्ण खेल हेर्न ९५ हजार दर्शकले उपस्थित हुने अनुमान लगाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै