• २०८१ बैशाख ७ शुक्रबार

तीनलाख घुस रकमसहित प्रधानाध्यापक पक्राउ

kharibot

काठमाडौँ । रौतहटको बिश्‍वेश्‍वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक तीन लाख घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक ठाकुरले करार अवधि थप गर्नको लागि मागेको सूचनाका आधारमा अख्तियारले उनलाई रकमसहित पक्राउ गरेको जनाएको छ । 

अख्तियारले ठाकुरसहित स्थानीय दिपेन्द्र सर्जिकल पसलका संचालक दिपेन्द्र कुमार झालाई घुस रकमसहित पक्राउ गरेको छ ।

उनीहरुलाई रौतहटको यमुनामाई गाउँपालिका वडा नम्बर ४, सरुअठ्ठास्थित चन्द्रनिगाहपुर, गौरबाट बुधबार पक्रुआ गरिएको अख्तियारले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै