• २०८१ बैशाख ४ मंगलबार

प्रचण्डका भाई नारायणप्रसाद दाहाल राष्ट्रियसभामा मनोनीत

kharibot

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नारायण प्रसाद दाहाललाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले राष्ट्रिय सभाको सदस्यमा दाहाललाई मनोनीत गरेकी हुन् ।

नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम दाहाललाई मनोनीत गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयले भनेको छ-  'सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट  नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिसमा श्री नारायण प्रसाद दाहाल, चितवनलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्नु भएको छ ।'

दाहाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका काकाका छोरा हुन् भने उनी माओवादी केन्द्रको केन्द्रीय सदस्य पनि छन् । यसअघि उनी संविधानसभा सदस्य पनि भइसकेका थिए ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै