• २०८१ बैशाख ६ बिहीबार

एफवान सफ्टको चिफ इनोभेसन अफिसरमा पौडेल नियुक्त

kharibot

काठमाडौँ । सफ्टवयरको क्षेत्रमा नेपालकै अग्रणी कम्पनी एफवान सफ्ट इन्टरनेशनलको चिफ इनोभेसन अफिसरमा सनत कुमार पौडेल नियुक्त भएका छन् । १६ वर्ष भन्दा लामो बैंकिङ्ग क्षेत्रको अनुभव भएका पौडेल एफवान सफ्ट इन्टरनेशनलमा आबद्ध भएका हुन् ।

उनीसँग नविल बैंकमा १३ वर्षसम्मको डिजिटलाइजेशन हेड,कार्ड एण्ड अल्टरनेट च्यानल हेडका रुपमा काम गरेको अनुभव छ । नविल बैंकमै उनले टेक्नोलोजी एण्ड डिजिटल बिजनेसका रुपमा समेत काम गरेका थिए । यसअघि पौडेल नेपाल बैंक लिमिटेडको कोर बैंकिङ्गको टेक्नोलोजी पार्टमा समेत आबद्ध थिए । यस्तै उनीसँग अन्य क्षेत्रमा पनि लामो समय सफ्टवेयर डेभलपमेन्टका रुपमा काम गरेको अनुभव छ । 

एफवान सफ्टमा पौडेलको आवद्धतासँगै एफवान सफ्टले विश्वमा विकास भएका नविनतम प्रविधिलाई नेपाली माटो सुहाँउँदो बनाउनुका साथै नेपालमा पनि आम मानिसको दैनिक जनजिवन सहज बनाउने खालका सफ्टवेयरको निर्माण, विकास तथा डिजिटल भुक्तानीका क्षेत्रमा अझ नयाँ प्रविधिको विकासमा महत्वपूर्ण योगदान रहने अपेक्षा गरिएको छ । 

सफट्वेयरको क्षेत्रमा ख्यातिकमाएको एफवान सफ्ट कम्पनी नेपालका ठुला आईटी कम्पनी मध्येको एक हो । सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तिय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाल लगायत विदेशी मुलुकमा बिक्री वितरण गर्दै आएको छ । एफवान सफ्ट गु्रप अन्तरगत हाल १३ वटा कम्पनी सञ्चालनमा रहेका छन् । एफ्वान सफ्ट अन्तरगत इसेवा, फोनपे, इसेवा मनि ट्रान्स्फर, कोजेन्ट हेल्थ, दियालो टैनोलिोजिज, बससेवा लगायतका स्थापित  कम्पनी रहेका छन् ।

नेपालका अधिकांस बैंक तथा वित्तीय संस्थामा एफवान सफ्टले विकास गरेका मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, भाइवर बैंकिङ्ग लगायसका सोलुसन प्रयोग हुँदै आएका छन् । एफवान सफ्टकै भगिनी संस्था इसेवा नेपालको पहिलो र बजार हिस्सामा पनि नम्बर वान पेमेन्ट गेटवे कम्पनी हो भने पछिल्ला दिनमा निकै सफल मानिएको फोनपेले स्वेदेशी र विदेशी भुक्तानीको क्षेत्रमा अन्तरआवद्धतताको रुपमा कार्य गर्दै आएको छ । नेपालमा क्यूआर भुक्तानीको क्षेत्रमा फोनपेले एक किसिमको क्रान्ति नै ल्याएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै