• २०८१ बैशाख १४ शुक्रबार

दोस्रो राष्ट्रियसभा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

kharibot

पर्वत । मोदी गाउँपालिका–८ चित्रेमा राष्ट्रियसभा अध्यक्ष कप भलिबल प्रयोगिता सुरु भएको छ ।

प्रतियोगिताको आज राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गरेका छन् । 

गत वर्षदेखि राष्ट्रियसभा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु गरिएको हो । गत वर्ष अध्यक्ष तिमिल्सिनाकै जन्मगाउँ मोदी–८ राम्जादेउरालीमा सञ्चालन गरिएको थियो । यसवर्ष छिमेकी वडा चित्रेमा आयोजना गरिएको हो । 

सो अवसरमा अध्यक्ष तिमिल्सिनाले स्वास्थ्यका लागि खेलकूद अपरिहार्य आवश्यकता रहेको बताए । 

उनले खेल क्षेत्रको विकासबाट पनि मुलुकको आर्थिक समृद्धि गर्न सकिने जनाउँदै यस्ता प्रतियोगिताले ग्रामीण क्षेत्रका खेलाडीको अनुभव र क्षमताको विकास हुने बताए । 

अध्यक्ष तिमिल्सिनले सरकारले सबै स्थानीय तहमा व्यवस्थित खेल मैदान विस्तार गरी खेलकूदसम्बन्धी प्रशिक्षण सञ्चालन गर्न सकेमा नेपाली खेलाडीले पनि बाह्य मुलुकमा पुगेर सफलता हासिल गर्नसक्ने बताए ।

गाउँपालिकाको आयोजनामा दोस्रोपटक राष्ट्रियसभा अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।

आजदेखि यही चैत २० गतेसम्म सञ्चालन हुने वडास्तरीय भलिबल प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

लिग कम नक आउटका आधारमा खेलाइने खेलमा प्रथम हुनेले रु एक लाख ५१ हजार १११, द्वितीय हुनेले रु एक लाख एक हजार १११ र तृतीय हुनेले ५१ हजार १११ पुरस्कार र कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले जानकारी दिए । 

सो अवसरमा रत्यौली प्रतियोगितासमेत आयोजना गरिएको छ भने डोरी तान्ने प्रतियोगिता, छेलो फाल्ने प्रतियोगितासमेत आयोजना गरिएको छ ।

दुवै प्रतियोगितामा प्रथम हुनेले रु १५ हजार राशिको पुरस्कार पाउने भएका छन् । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै