• २०८१ बैशाख १२ बुधबार

सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस- भारतको बैंक अफ बरोडालाई स्वर्ण

kharibot

काठमाडौं । भारतको बैंक अफ बरोडाले चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा मंगलबार स्वर्ण जितेको छ ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा बरोडाले भारतकै अन्सुल गर्ग एकेडेमी   (एजीए) लाई ३–१ ले पराजित गर्‍यो । बरोडाले ३ सिंगल्समा जित हात पार्‍यो भने डबल्स स्पर्धा गुमायो ।

सिंगल्समा बरोडाकी इशाले एजीएकी फिल्जाहरूलाई १२–१०, १२–१०, १०–१२ र १२–१०, गत संस्करणकी सिंगल्स विजेता बरोडाकी ममता प्रभुले त्रिशालाई ११–९, ११–३, १०–१२ र १५–१३ तथा पुनः ममताले फिल्जाहलाई ११–५, ११–७ र ११–४ को सेटमा हराए । डबल्समा एजीएका फिल्जाह र त्रिशाको जोडीले बरोडाका ममता र इशाको जोडीलाई ११–५, ११–९, ६–११ र ११–८ ले पन्छ्याउँदै सान्त्वना जित निकाले ।

पहिलो दिन पुरुष सिंगल्सका लिग चरणका खेल पनि भए । उक्त स्पर्धामा सहभागी ८८ खेलाडीलाई १६ समूहमा विभाजन गरी खेल खेलाइएको छ । त्यसबाट १६ खेलाडीले नकआउट चरणमा स्थान बनाउने छन् ।

 सम्झना ल्याबको प्रमुख प्रायोजन तथा स्पिन इभेन्ट प्रालिको व्यवस्थापनमा भइरहेको प्रतियोगितामा पुरुष/महिला सिंगल्स र टिम तथा भेट्रानको पुरुष ४० वर्षमाथि र ५५ वर्षमाथि गरी ६ स्पर्धामा समावेश छन् । 

सिंगल्स र टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०/१० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । भेट्रानतर्फ विजेतालाई १० हजार, उपविजेतालाई ५ हजार तथा तेस्रोलाई २ हजार ५ सय नगदबाट पुरस्कृत गरिने छ ।

प्रतियोगितामा नेपालबाट ३ सय ४७ तथा भारतबाट ३८ खेलाडीको सहभागिता रहेको आयोजक ललितपुर जिल्ला टेबलटेनिस क्लबले जनाएको छ । अखिल नेपाल टेबलटेनिस संघको तत्त्वावधानमा भइहरेको प्रतियोगिता शनिबारसम्म चल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै