विश्व क्षयरोग दिवस: लागूपदार्थको दुर्व्यसनीले क्षयरोगको विश्वव्यापी महामारी

kharibot

पेरिस । विश्वकै सबैभन्दा घातक सङ्क्रामक रोगका रूपमा कोभिड–१९ ले क्षयरोग (टिबी) लाई उछिनेको हुन सक्छ । तर, विश्वव्यापी रूपमा क्षयरोगको भयानक महामारी ल्याउन खोप र एन्टिबायोटिकको अवहेलना कारण भएको बताइएको छ । 

आनुवंशिक अध्ययनअनुसार लगभग ४० हजार वर्षअघि पहिलो पटक क्षयरोग देखा परेको थियो । ढुङ्गे युगको अन्त्य ‘निओलिथिक युग’ देखि लामो समयसम्म पशुपालनबाट यो रोग सर्ने गरेको वैज्ञानिकहरुले विश्वास गरेका थिए ।

तर हालैका अध्ययनहरूले भने अर्कै चित्र प्रस्तुत गरेको छ । यसले देखाएअनुसार मानिसहरूले गाईवस्तु पाल्ने अभ्यास पहिले नै क्षयरोग भइसकेको थियो । करिब एघार हजार वर्ष पुरानो मानव अवशेषमा यस रोगका निशानहरू पत्ता लागेका छन् ।

पहिलो खोप १०० बर्ष पहिले आविस्कार 

विश्व क्षयरोग दिवस हरेक वर्ष मार्च २४ मा मनाइन्छ । जर्मनीका नोबेल पुरस्कार विजेता रोबर्ट कोचले सन् १८८२ मा बेसिलस पत्ता लगाउएको घोषणा गरेका थिए । तथापि, सन् १९२१ मा मात्र फ्रान्सको प्रख्यात पाश्चर इन्स्टिच्युटले बेसिलस कालेट–गेरिन (बीसिजी) खोप विकास गर्यो र यो विश्वकै सबैभन्दा पुरानो र भरोसायोग्य खोहरूमध्ये एक भयो ।

एक शताब्दीपछि पनि यो खोप प्रयोगमा छ र यो विशेष गरी बालबालिकामा क्षयरोग रोक्न प्रभावकारी हुन्छ तर वयस्कहरूमा यसको परिणाम परिवर्तनशील हुन्छ ।

एन्टिबायोटिक धेरै प्रभावकारी नहुने 

सन् १९४० र १९५० मा ‘स्ट्रेप्टोमाइसिन’ र अन्य ‘एन्टिबायोटिक’को आविष्कारले गर्दा ‘पल्मोनरी टिबी’को उपचार सम्भव भयो । यो वयस्क तथा किशोरावस्थामा सबैभन्दा सामान्य प्रकारको रोग हो ।

तर औषधीप्रतिरोधी क्षयरोग देखा पर्न थाल्यो र डाक्टरहरूले ब्याक्टेरियालाई प्रभावकारी ढंगमा जम्न र केही महिनासम्म आफ्नो उपचार लागू गर्न मिसाइएको एन्टिबायोटिक प्रयोग गर्न बाध्य भए ।

कुनै–कुनै किटाणुहरू थुप्रै टिबी औषधीहरूप्रति प्रतिरोधी हुन्छन्, जसले गर्दा धेरै महिनासम्म वैकल्पिक उपचारको प्रयोग गर्न बाध्य हुनुका साथै कुनै–कुनै अवस्थामा उपचारात्मक असफलताहरू हुन सक्छन् ।

दोस्रो धेरै मृत्युको कारण

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार तथ्याङ्क उपलब्ध भएको पछिल्लो वर्ष सन् २०२० मा कोभिड–१९पछि क्षयरोग विश्वकै दोस्रो घातक संक्रामक रोग होे । आधिकारिक तथ्याङ्कमा आधारित एएफपी गणनाअनुसार कोभिडले सन् २०२० सम्ममा १८ लाखभन्दा बढी मानिसको ज्यान लिएको थियो । यद्यपि विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले यो सङ्ख्या १५ लाख देखाएको छ ।

युएनएड्सले बताएअनुसार सन् २०२० मा छ लाख ८० हजार मानिसको ज्यान लिएको एच आई भी÷एड्सभन्दा बढी मानिसको ज्यान लिएर मृत्युका हिसाबले कोभिड विश्वकै प्रमुख घातक रोग भएको हो ।

एचआईभीबाट सङ्क्रमित मानिसहरूको मृत्युको प्रमुख कारण पनि क्षयरोग हो ।

कोभिड महामारीले गर्दा स्वास्थ्य सेवामा अवरोध खडा हुँदा निको हुन सकिने रोगसित जुझ्न वर्षौंको प्रगतिलाई कमजोर बनाइदिएको छ । फलस्वरूप, विश्वभरि फेरि क्षयरोग बढिरहेको छ र सन् २०२० मा मर्नेहरूको सङ्ख्या सात प्रतिशतले वृद्धि भएको छ ।

विश्वका यी पाँचै महादेशमा टिबी छ तर विकासोन्मुख मुलुकहरू अत्यन्तै प्रभावित छन् । सन् २०२० मा विश्वका दुईवटा क्षेत्रमा क्षयरागीका सबैभन्दा धेरै नयाँ घटनाहरू भेटिएका छन् । 

दक्षिणपूर्वी एसियाले ४३ प्रतिशत नयाँ घटनाहरू र अफ्रिकाले २५ प्रतिशत रेकर्ड गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । संगठनको तथ्याङ्क अनुसार सङ्क्रमणको दुई तिहाइ भाग बङ्गलादेश, चीन, भारत, इण्डोनेसिया, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र दक्षिण अफ्रिका गरी आठ देशहरूमा केन्द्रित थियो ।

सम्बन्धित समाचार