काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक स्थल काठमाडौँको बबरमहलस्थित कार्की बैङ्कटमा रिपोर्टिङका लागि पुगेका फोटो पत्रकारहरूबीच हात हालाहाल भएको छ ।
रिपोर्टिङ गर्न कार्की बैङ्कट पुगेका हिमालय टिभीका श्याम थापा र बाह्रखरी डटकमका हरिस जंग क्षेत्रीबीच हात हालाहाल भएको हो ।
घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
घटना बाहिर आएपछि राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्त र हिमालय टिभीका प्रशासन प्रमुख राजेश श्रेष्ठको मध्यस्थतामा दुवै पक्षलाई मिलाइएको छ ।
दुवैले आ-आफ्नो गल्ती स्वीकार गर्दै अब यस्ता घटना नदोहोरिने प्रतिबद्धता जनाएका छन् । दुवै पक्षबीचको छलफलमा उनीहरूले अब आइन्दा यस्तो नदोहोराउने प्रतिबद्धता जनाएका छन् ।