• २०७९ श्रावण २३ सोमबार

प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावमाथि चैत्र २ गतेदेखि छलफल हुने

kharibot

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुने जानकारी दिएका छन् । 

संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव एक महिनापछि आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पेस गरिएको छ ।

बैठकमा सभामुख सापकोटाले आउँदो बैठकमा महाअभियोग प्रस्तावमाथि छलफल हुने जानकारी दिएका हुन् । ‘आगामी बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुनेछ,’ सभामुख सापकोटाले बैठकमा भने । 

प्रतिनिधिससभाको अर्को बैठक अब २ चैतमा बस्ने भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अर्को  बैठक २ चैत दिउँसो १ बस्ने जानकारी दिएका हुन् । 

आइतबारको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले जबराविरुद्धको महाअभियोग प्रस्ताव प्रस्तुत गरेका हुन् ।  १ फागुनमा दर्ता गरिएको महाअभियोग प्रस्ताव पेस गर्दै उनले महाअभियोग प्रस्ताव पारित गर्न सघाउन सबै सांसदहरूलाई आग्रह गरे । 

एक महिनाअघि १ फागुनमा देव गुरुङ, पुष्पा भुसाल  र जीवनराम श्रेष्ठ प्रस्तावक र ९५ जना सांसद समर्थक रहेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव संसदमा दर्ता गरिएको थियो ।

आइतबारको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव र सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन २०७८ पेस गरिएको छ । 

सम्बन्धित खबर

लोकप्रिय