• २०८१ बैशाख १२ बुधबार

आइपिएलका कप्तानको कति छ पारिश्रमिक ?

kharibot

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) को १३औ संस्करण आगामी मार्च २९ देखि मे २४ सम्म हुदै छ ।

आइपिएलको मिति नजिकिदै गर्दा आइपिएल बारे विभिन्न विश्लेषण र जानकारीहरु बाहिर आइरहेका छन् ।

विश्वकै सबैभन्दा चर्चित ती -२० लिग बनेको आइपिएलका हरेक विषय अहिले क्रिकेटप्रेमीका लागि चासोको विषय बन्ने गरेका छन् ।

कर्पोरेटहरुको व्यापक संलग्नतामा भैरहेको आइपिएललाई 'इन्डियन पैसा लिग' भनेर पनि भन्ने गरिन्छ । प्रतियोगितामा सहभागी खेलाडी, फ़्रेन्चाइजी र आयोजकले भरपुर पैसा कमाएको अहिलेसम्मका आइपिएलहरुले पुष्टि नै गरेको छ ।

यसै प्रसंगमा क्रिकेटमा कप्तानको भूमिका विशेष हुने गर्दछ । मैदानमा खेलको अवस्था हेरेर रणनिति बनाउने र कतिबेला कस्तो बलर प्रयोग गर्ने, फिल्डर कँहा राख्ने, कुन ब्याट्सम्यानलाई ब्याटिंगका लागि पठाउने जस्ता रणनीतिमा कप्तानको भूमिका निकै ठुलो हुने गर्दछ । यसै प्रसंगमा आइपिलका कप्तानहरुले कति पैसा पाउछन भन्ने बारेमा जानकारी दिन गैरहेकाछौ ।

रोहित शर्मा आइपिएलका अहिलेसम्म कै सबैभन्दा सफल कप्तान मानिन्छन् । उनकै नेतृत्वमा मुम्बई अहिलेसम्म चार पटक आइपिएल च्याम्पियन बनेको छ । रोहित २०१३ मा मुम्बईको कप्तान बनेका थिए । त्यसै बर्ष मुम्बैले पहिलो पटक आइपिएलको उपाधि जितेको थियो । मुम्बई इण्डियन्सले रोहितलाई हरेको सिजनको १५ करोड भारतीय रुपैया पारिश्रमिक दिने भएको छ ।

स्टिभ स्मिथ आइपिएल टिम राजस्थान रोयल्सका कप्तान हुन् । अहिलेसम्म चार टिमबाट आइपिएल खेलिसकेका स्मिथ २०२० को आइपिएलका लागि राजस्थानको कप्तान बनेका छन् । उनलाई राजस्थानले १२ करोड भारतीय रुपैया पारिश्रमिक दिनेगरी किनेको हो ।

महेन्द्र सिंह धोनी आइपिएलको पहिलो सिजन देखि नै चेन्नई सुपर किंग्सको कप्तान रहेका छन् । अहिलेसम्म उनको नेतृत्वमा चेन्नईले तीन पटक आइपिएलको उपाधि जितेको छ । आउदो सिजनका लागि चेन्नईले धोनीलाई १५ करोड भारतीय रुपैया पारिश्रमिक दिने भएको छ ।

विराट कोहली २०१३ देखि रोयल च्यालेन्जर्स बैंगलोरको कप्तानी गरिरहेका छन् । अहिलेसम्म आइपिएल उपाधि जित्न असफल रहेको बैंगलोरले विराटलाई आउदो सिजनका लागि १७ करोड भारतीय रुपैया पारिश्रमिक दिने भएको छ ।

आइपिएलका युवा कप्तान श्रेयस अय्यर २०१८ देखि दिल्ली क्यापिटलको कप्तानी गरिरहेका छन् । गत सिजनमा दिल्ली सात बर्षपछि आइपिएलको सेमिफाइनलमा पुगेको थियो । आउदो सिजनका लागि दिल्लीले श्रेयसलाई ७ करोड भारतीय रुपैया पारिश्रमिक दिने भएको छ ।

केएल राहुलले आउदो सिजनमा किंग्स इलेभेन पंजावको कप्तानी गर्ने भएका छन् । उनले पहिलो पटक आइपिएलमा कप्तानी गर्न लागेका हुन् । उनलाई पंजावले आउदो सिजनका लागि ११ करोड भारतीय रुपैया पारिश्रमिक दिने भएको छ ।

क्याप्टेन कुल उपनामले चिनिने केन विलियाम्सन सनराइजर्स हैदरावादका कप्तान हुन् । २०१८ मा उनकै नेतृत्वमा हैदरावाद फाइनलमाप पुगेको थियो । आउदो सिजनका लागि उनलाई हैदरावादले ३ करोड भारतीय रुपैया पारिश्रमिक दिने भएको छ ।

दिनेश कार्तिक २०१८ देखि कोलकोता नाइटराइडर्सको कप्तान बनेका हुन् । उनलाई कोलकोताले आउदो सिजनका लागि ७.४ करोड भारतीय रुपैया पारिश्रमिक दिने भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै