Online User Guidline


खरीबोट डटकम समाजका विभिन्न क्षेत्र र पक्षको आवाज बन्दै संचार क्षेत्रमा समर्पित समाचार पोर्टल हो । यो पोर्टलमा समाचार प्रकाशित हुँदा हामी निम्नबमोजिमका बुँदाहरुबाट स्वस्फुर्तरुपमा निर्देशित हुने प्रण गर्दछौं ।

१. हामी समाचार ब्रेक गर्दा पत्रकारिताको मर्यादालाई सधँै ध्यान दिनेछौं ।

२. हरेक समाचार निर्माण प्रक्रियामा सम्बन्धित सबै पक्षको भनाइ वा राय बुझ्ने प्रयास गर्नेछौं ।

३. समाचारको प्रकृति हेरी समाजमा यसको असर र महत्वलाई मध्यनजर गर्दै दुर्घटना, प्राकृतिक विपद्जस्ता विषयमा घटनाको         आधिकारिकता प्रष्ट्याएर मात्र समाचार प्रकाशन गरिनेछ ।
४. युवासँग सम्बन्धित समाचारलाई विशेष प्राथमिकता दिई खरीबोटले प्रकाशन गर्नेछ ।
५. खरीबोट डटकममा प्रकाशित हुने समाचारको विश्वसनीयता र आधिकारिकताको लागि विभिन्न समाचार एजेन्सीका समाचारहरु प्रकाशित गर्दा उनीहरुको नाम उल्लेख गरिनेछ । कथंकदाचित हामीले बनाएको समाचारमा उनीहरुको सूचना समावेश गर्नुपरेमा उनीहरुको सहयोगमा भनी उल्लेख गर्नेछौं ।
६. अनलाइन समाचार पोर्टल भएकाले विभिन्न सामाजिक संजालमार्फत यसको प्रमोसन गर्ने क्रममा उत्तेजित, समाजमा विकृति फैलाउने र समाजिक संरचनामा अाँच आउने किसिमका सामग्रीहरुको सहयोग लिइनेछैन ।
७. समाचार प्रकाशन गर्ने क्रममा जानेर वा नजानेर कहीँ कतैबाट गलत समाचार प्रकाशित भएमा यसको छानबिन गरी पाठक वा सम्बन्धित पक्षसमक्ष माफी मागिनेछ । तर यसरी प्रकाशित भएको समाचार हटाइने भने छैन ।
८. यस खरीबोट डटकममा प्रकाशित हुने समाचार यसका प्रयोगकर्तालाई निःशुल्क रुपमा उपलब्ध हुनेछ । यसको प्रयोग गर्दा हुने प्रत्यक्ष वा अप्रत्यक्ष प्रभावको बारेमा स्वयं प्रयोगकर्ता जिम्मेवार हुनेछन् ।
९. यो पोर्टलमा संग्रहित सामग्रीहरु प्रचलित कानुनले मागेको खण्डमा बाहेक गोपनीय रहनेछन् ।