• २०८१ बैशाख ६ बिहीबार

महाशिवरात्रिको तयारी पूरा

kharibot

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको बताएको छ । पशुपति मन्दिर परिसरमा कोषले आज पत्रकार सम्मेलन गरेर महाशिवरात्रिको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । 

कोषका अनुसार दर्शनार्थीको व्यवस्थापन, ट्राफिक व्यवस्थापन, आवास, भोजन, स्वयंसेवा, सरसफाइ तथा स्वास्थ्य शिविरका साथै धार्मिक कार्यक्रम, सूचना, प्रचारप्रसार, सुरक्षालगायत सबै काम पूरा भएको छ । 

कोषले माघ २९ गते साँझ ७ बजेदेखि ठूला सवारी साधनलाई महाराजगञ्ज चक्रपथ र कोटेश्वरबाट पशुपतितर्फ जान रोक लगाएको छ । पशुपतिनाथको दर्शन गर्न चाहने भक्तजनले जुन बाटोबाट पशुपति मन्दिर प्रस्थान गरेको हो सोही बाटोबाट फर्कनु पर्नेछ । 

त्यसैगरी, सवारी साधनलाई गुह्येश्वरीपारि, सिफलचौर, महानगरीय प्रहरी वृत्त गौशाला, कोषको कार्यालय भण्डारखाल र तिलगंगामा स्वदेशी तथा विदेशी पर्यटक र दर्शनार्थीका सवारी साधन पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै