• २०८१ बैशाख ७ शुक्रबार

सर्भरमा समस्या आउँदा लगानीकर्ता अन्योलमा, सेयरबजार ओरालो

kharibot

काठमाडौं । नेप्सेको सर्भरमा समस्यादेखि आज लगानीकर्ताहरु अन्यौलमा परेका छन् । समस्याकै कारण सेयर कारोबार सम्वन्धी जानकारी नपाउनुुको नकारात्मक प्रभाव आज सेयर बजारमा देखिएको छ ।

नेप्सेमा आज सबै सूचक घटेका छन् । नेप्से छ दशमलव ३२ अंकले घटेर १३ सय ८४ दशमलव ७१ बिन्दुुमा झर्दा सेन्सिटिभ एक दशमलव १९ अंकले घटेर दुुई सय ९२ दशमलव ८१ बिन्दुुमा झरेको छ । एक सय ५९ कम्पनीहरुको तीन हजार एक सय ४९ वटा कारोबारमा छ लाख ७० हजार पाँच सय ८९ कित्ता सेयर खरिद बिक्री भएका छन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा आज कारोबार रकम २४ करोड ४२ लाख ६८ हजार ३१ रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज १० वटा समूहको कारोबार भएकोमा नौ वटा समूहको सूचक घटेर टे«डिङ समूहको सूचक स्थिर देखिएको छ । उच्च अंकले घटेको बीमा समूहको सूचक ४० दशमलव २२ अंकले घटेर सात हजार २६ दशमलव २४ बिन्दुुमा झर्दा तीन करोड ५६ लाख ७९ हजार छ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।  

जलबिद्युुत समृुहको सूचक पनि २२ दशमलव ४५ अंकले घटेर १७ सय ५७ दशमलव ८७ बिन्दुुमा झर्दा दुुई करोड चार लाख ३६ हजार एक सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी वाणिज्य बैंक समूहको सुुचक पनि आज दुुई दशमलव ६७ अंकले घटेर १२ सय नौ दशमलव ३८ बिन्दुुमा झर्दा आठ करोड ३० लाख ३९ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

यि बाहेक आज फाईनान्स, होटल, उत्पादमुुलक, अन्य र लघुवित्त समूहको सूचक पनि घटेकाछन ।  आज बढी कमाउने कम्पनीको सुचीमा परेको कालिका माईक्रो क्रेडिट डेभलपमेन्ट बैंकको सेयर मूल्य छ रुपैयाँ ९५ पैसाले बढेर १६ सय ६३ रुपैयाँमा कारोबार भएको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा परेको आरएसडिसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ रुपैयाँ ९६ पैसाले घटेर आठ सय ८५ रुपैयाँमा कारोबार भएको छ ।

रकम कारोबारका आधारमा अग्रस्थानमा परेको ओम डेभलपमेन्ट बैंकको संस्थापक सेयरतर्फ दुुई सय ४० रुपैयाँ अन्तिम मूल्यमा एक करोड ७४ लाख ६० हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

यसैगरी कालिका माईक्रो क्रेडिट डेभलपमेन्ट बैंकको पनि १६ सय ६३ रुपैयाँ अन्तिम मूल्यमा एक करोड ३२ लाख ९८ हजार एक सय १५ रुपैयाँको सेयर कारोबार भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै