• २०८१ बैशाख १४ शुक्रबार

प्रदेश ६ को सभामुखमा शाही निर्विरोध

kharibot

फाइल फोटो ।

सुर्खेत । प्रदेश नं ६ का सभामुखमा नेकपा एमालेका प्रदेशसभा सदस्य राजबहादुर शाहीको एक्लो उम्मेदवारी परेको छ । 

प्रदेश नं ६ प्रदेशसभा संसद् सचिवालयले आज अपराह्न २ बजेसम्म उम्मेदवारी दिने समय तोकेकामा शाहीको मात्र उम्मेदवारी परेको प्रदेशसभा संसद् सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

प्रदेश नं ६ प्रदेशसभा सभामुखमा शाहीको एक्लो उम्मेदवारी परे पनि उनको उम्मेदवारी सोमबार अपराह्न १ बजे बस्ने प्रदेशसभा संसद्को बैठकमा निर्णयार्थ पेश हुने निर्वाचन अधिकृत तथा ६ नं प्रदेशसभा संसद् सचिवालयका सचिव खड्काले बताए । 

सभामुखको उम्मेदवारीका बारेमा आजै दावी विरोधको समय तोकिएको संसद् सचिवालयले जनाएको छ । वाम गठबन्धनका तर्फबाट एमालेबाट प्रस्तावित दैलेख २ क का सांसद शाहीलाई नेकपा माओवादी केन्द्र ले समर्थन गरेको छ ।

प्रदेश नं ६ मा नेपाली काँग्रेसका तर्फबाट सभामुखमा उम्मेदवारी नदिइने निर्णय भएको काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले बताए । 

शाहीको उम्मेदवारीमा एमाले पोलिटब्यूरो सदस्य तथा सल्यानका प्रदेशसभा सदस्य प्रकाश ज्वाला प्रस्तावक र माओवादी केन्द्र स्थायी समिति सदस्य तथा माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाही समर्थक रहेका छन् । 

प्रदेश नं ६ मा माओवादी केन्द्रको नेतृत्वमा प्रदेश सरकार गठन हुने र प्रदेशको सभामुख एमालेले लिने वाम गठबन्धनबीच सहमति भएको थियो । माओवादी केन्द्रको संसदीय दलको बैठकले पार्टीका स्थायी समिति सदस्य तथा कालीकोटबाट प्रदेशसभा सदस्यमा निर्वाचित महेन्द्रबहादुरलाई मुख्यमन्त्री बनाउने गरी दलको नेतामा चयन गरिसकेको छ । 

सभामुखमा उम्मेदवारी दिएका महेन्द्रबहादुरका पक्षमा ३४ सांसदको समर्थन छ । सो प्रदेशमा एमालेका २०, माओवादी केन्द्रका १३, काँग्रेसका छ र राप्रपाका एक गरी ४० सांसद छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै