• २०८१ बैशाख ११ मंगलबार

प्रहरी जनमुखी, पारदर्शी र संविधानअनुरुप चल्नुपर्नेमा जोड

kharibot

पोखरा । प्रदेश प्रहरी कार्यालय पोखराको नवनिर्मित सुविधासम्पन्न भवन आज उद्घाटन गरिएको छ । 

नेपाल सरकार, भौतिक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत करीव रु चार करोड ४८ लाखको लागतमा बनेको सो तीनतले पक्की भवनमा ३० कोठा छन् । पार्दीस्थित तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको हातामा निर्मित उक्त भवनको प्रहरी महानिरीक्षक प्रकाश अर्यालले आज यहाँ उद्घाटन गर्दै प्रहरी जनमुखी, पारदर्शी र संविधानअनुरुप चल्नुपर्नेमा जोड दिए । 

पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले प्राकृतिक सौन्दर्यले युक्त पोखरामा शान्ति सुरक्षाको प्रत्याभूति भएमा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका हुन् । कास्कीका प्रजिअ तारानाथ अधिकारीले शान्ति सुरक्षामा देखिएका चुनौतीको सामना गर्न प्रहरीलाई प्रविधियुक्त बनाउँदै लैजानुपर्ने औँल्याए । 

प्रदेश नं ४ कार्यालय पोखराका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कमलसिंह बलले मुलुकमा भएको १० वर्षे जनयुद्ध र भूकम्पका कारण प्रहरी कार्यालयका भौतिक संरचना ध्वस्त भए पनि प्रहरीले जनताको सेवामा समर्पित हुँदै आएको जानकारी दिए ।

कार्यक्रममा प्रहरी नायब महानिरीक्षक पुष्पचन्द्र रञ्जितले नवनिर्मित भवनसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै भौतिक संरचना निर्माणले प्रदेशको शान्ति सुव्यवस्था कायम गर्न सहयोग पुग्ने बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै