• २०८१ बैशाख १२ बुधबार

४० प्रतिशत जनता विद्युत्को पहुँचबाट टाढा : ऊर्जामन्त्री थापा

kharibot

भीमदत्तनगर / उपप्रधान एवं ऊर्जामन्त्री कमल थापाले अझै मुलुकमा ४० प्रतिशत जनता विद्युत्को पहुँचबाट टाढा रहेको बताएका छन् । 

मिडिया नेपाल कञ्चनपुरले आज भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आगामी पाँच वर्षभित्र हरेक घरमा विद्युत् सेवा पु¥याउने लक्ष्यअनुसार सरकारले काम अघि बढाएको जानकारी दिए । 

आगामी १० वर्षभित्र १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको तयारी रहेको बताउँदै ऊर्जामन्त्री थापाले प्रदेश नंं ७ मा जलविद्युत्को अथाह सम्भावना रहेको जानकारी दिए । “नौ महिनाभित्र अपर तामाकोशी जलविद्युत् आयोजना सम्पन्न हुँदैछ”, उपप्रधानमन्त्री थापाले भने, “शनिबार उद्घाटन गरिएको चमेलिया जलविद्युत् आयोजना प्रदेश नं ७ मा अहिलेसम्मको ठूलो आयोजना हो ।” 

निर्वाचनमा उम्मेदवार नउठाउनु गम्भीर गल्ती 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका उपप्रधान एवं ऊर्जामन्त्री थापाले प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार खडा नगर्नु ठूलो गल्ती भएको बताए ।

“प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमा हामीले पाँच क्षेत्रमा मात्रै उम्मेदवारी दियौँ”, उनले भने, “उम्मेदवार नभएका कारण पनि समानुपातिकमा मत आएन ।” आगामी दिनमा समेत हिन्दू राष्ट्र पार्टीको प्रमुख एजेण्डा रहने र त्यसका निम्ती सडक संघर्ष गर्दै अघि बढिनेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै