• २०८१ बैशाख ७ शुक्रबार

अभिषेकको इन्स्ट्राग्राम ह्याक, ह्याकरले लेख्यो आई लभ यु कट्रिना कैफ

kharibot

बलिउड । ह्याकरले अभिषेकको कुनै पनि सोसल मिडियाको छोडेको छैन । ट्वीटर एकाउन्ट ह्याक गरेपछि शनिबार उनको इन्स्टाग्राम पनि ह्याक भएको छ । ह्याक गरेपछि उनको एकाउन्टमा ह्याकरले विभिन्न किसिमको फोटो पोस्ट गरेका छन् । 

एउटा यस्तो तस्बिर उनको एकाउन्टमा पोस्ट गरेका छन् जहाँ अमिताभ बच्चन इजराइलको प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुसँग मिलेको र पछाडि अभिषेकले अमिताभलाई घुरेका छन् । एक तस्बिरको क्याप्सनमा आइ लभ यु क्याटरिना क्याफ लेखेको छ । ह्याकर्सले अभिषेकको एकाउन्टमा पेलिस्टाइनको झण्डा पनि पोस्ट गरेका छन् । 

एकाउन्टको सबै तस्वीर डिलेट गरिएको छ । योभन्दा पहिला अनुपम खेर र निमरत कौरको पनि टुइटर एकाउन्ट ह्याक भइसकेको छ । यी तीनै जना इजराइलको प्रधानमन्त्रीको सम्मान गएका थिए । सायद त्यसैले ह्याकर्सले उनीहरुको एकाउन्ट ह्याक गरेको हुनुपर्छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै