• २०८१ बैशाख ७ शुक्रबार

टोटनह्यामद्वारा आर्सनल पराजित, ह्यारी केनले गरे निर्णायक गोल 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले आर्सनललाई पराजित गरेको छ । 

शनिबार साँझ भएको खेलमा ह्यारी केनको एकमात्र गोलको मद्धतले टोटनह्यामले आर्सनलविरुद्धको डर्बी १-० गोल अन्तरले जितेको हो । 

केनले खेलको ४९औ मिनेटमा गोल गरेका थिए । यस गोलसँगै आर्सनलविरुद्धको डर्बीमा केनले ७ खेलमा सात गोल गरेका छन् । 

जितसँगै टोटनह्याम प्रिमियर लिगमा तेस्रो स्थानमा उक्लिएको छ । टोटनह्याम २७ खेलमा ५२ अंकसहित लिगको तेस्रो स्थानमा उक्लिएको हो । त्यस्तै आर्सनल भने २७ खेलमा ४५ अंकसहित लिगको छैठौ स्थानमा रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै