• २०८१ बैशाख ४ मंगलबार

सगरमाथा मापन पूर्वतयारीका लागि टोली सिरहातर्फ

kharibot

काठमाडौँ ।  सर्वोच्च शिखर सगरमाथा मापनको कार्यले गति लिन शुरु गरेको छ । 

सगरमाथाको उचाइ नाप्न भूमिसुधार तथा व्यवस्था मन्त्रालय, नापी विभागले शनिबार लेभलिङका लागि पहिलो चरणमा पाँच सदस्यीय प्राविधिक टोली सिरहास्थित नेपाल–भारत सीमा मदार पठाएको हो । 

सगरमाथा उचाइ मापन सचिवालयका संयोजक एवं विभागका प्रमुख नापी अधिकृत सुशील डंगोलले १३ सदस्यीय प्राविधिक टोली सो कामका लागि जाने जानकारी दिँदै बाँकी प्राविधिक माघ २९ गतेसम्म मदार पुग्ने बताए । 

मदारसम्मको लेभलिङको काम सर्वे अफ इन्डियाले गरिदिने र त्यहाँबाट नेपाली टोलीले शुरु गर्ने विभागले जनाएको छ । 

यस आर्थिक वर्षभित्र सिरहादेखि ओखलढुंगासम्म लेभलिङको काम सक्ने विभागको तयारी छ । टोलीले दैनिक ७०० देखि ७५० मिटरसम्म लेभलिङ गर्नेछ । 

संयोजक डंगोलले भने, ‘‘टोली आज काठमाडौँबाट हिँडेको छ, सम्भवतः भोलिबाटै काम शुरु हुन्छ ।’’ 

ओखलढुंगा सदरमुकाम जोड्ने सडक हुँदै सोलुखुम्बुको सल्लेरीदेखि उदयपुरको बाँसबारीसम्म अहिले लेभलिङको काम भइरहेको छ । २०७२ वैशाख १२ को भूकम्पका कारण सडकको लेभलिङ्मा असर पुगेको÷नपुगेको यकिन गरी त्यसलाई प्रमाणित गर्ने काम भइरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै