• २०८१ बैशाख ७ शुक्रबार

विन्टर ओलम्पिकमा किम जोंग उन र डोनाल्ड ट्रम्प सँगसँगै !

kharibot

पूर्वी एसिया । दक्षिण कोरियाको प्योंगचांगमा यो वर्षको विन्टर ओलम्पिक खेल सुरु भएको छ । शुक्रबार यसको उद्घाटन समारोह आयोजना गरिएको थियो । जसमा उत्तर र दक्षिण कोरियाका खेलाडीले एउटै झण्डामुनि खेलहरु खेल्दै छन् । 

हालै उत्तर कोरियाको परमाणु कार्यक्रमलाई लिएर कोरियाली प्रायद्वीपमा तनाव थियो । दक्षिण कोरियाको समर्थनमा उत्तर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली शासक किम जोंग उनबीच वाक् युद्ध नै चलेको थियो । ओलम्पिक आयोजनाको कारण आश्चर्यजनक रुपमा खेलले त्यहाँको माहोल नै बेग्लै हुनपुग्यो । उत्तर कोरियाले आफ्ना खेलाडी दक्षिण पठाउने भयो भने दुई देशबीच वार्ता पनि भइसकेको छ । 

शुक्रबार सुरु भएको उद्घाटन सत्रमा उत्तर कोरियाली नेताकी बहिनी किम यो जोंग दक्षिण आइन् भने ऐतिहासिक रुपमा उनले दक्षिणका राष्ट्रपति मुन जाय उनसँग समेत भेट गरिसकेकी छिन् । 

तर शुक्रबार उद्घाटन सत्रका दौरान यस्तो दृश्य देखियो त्यसले भने सबैलाई आश्चर्यमा पार्यो । 

प्योंगचांग स्टेडियमको बाहिरपट्टि किम जोंग उन र डोनाल्ड ट्रम्पको भेषमा दुई प्रशंसक सँगसँगै देखिए । यस्तो लाग्थ्यो कि साँच्चै डोनाल्ड ट्रम्प र किम जोंग उन हुन् । उनीहरुले फोटो मात्र खिचाएनन्, एक अर्कामा अंकमाल नै गरेका थिए । 

बीबीसी हिन्दीबाट । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै