• २०८१ बैशाख ७ शुक्रबार

म्युजिक भिडियोमा अभिनय निखार्दै सुमन खतिवडा

kharibot

काठमाडौं । सुमन खतिवडा सांगीतिक बजारमा आफुलाई अब्बल बनाउन लागि परेका छन् । सानै उमेरदेखि गीत, संगीतमा अभिनय गर्न रुचाउने उनी छोटो समयमै सांगितिक क्षेत्रमा आफुलाई परिचित गराउन सफल भएका छन् । 

एसएलसी सम्मको अध्ययन गाउँकै विद्यालयबाट सकेर उच्च शिक्षा अध्ययनका लागि काठमाडौं छिरेका उनले यहाँ आएपछि अध्ययनसँगै सांगीतिक यात्रालाई पनि निरन्तरता दिदै गए । बिहानको कलेज, दिउँसोे कामको चापका बीच पनि उनले आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिइ रहे ।

मेहनताको फल मिठो हुन्छ भनेजस्तो २ वर्ष अघि देखि  औपचारिक सांगीतिक यात्रा थालेका खतिवडाले यो अवधीमा १९ वटा म्यूजिक भिडियोमा अभिनय गर्ने अवसर पाए । उनले लोकदोहोरी, आधुनिक, पप लगायतका सबै विद्याका गीतमा अभिनय गरेका छन् । जुन म्यूजिक भिडियोलाई लाखौ दर्शकले रुचाएका छन् । अब्बल नृत्यकै कारण छोटो समयमै चर्चा कमाउन सफल उनी नृत्यका प्रशिक्षक पनि हुन ।

अध्ययन, कामसँगै उनी नृत्य प्रशिक्षण केन्द्रमा नृत्य पनि सिकाउछन् भने स्टेज कार्यक्रमहरुमा पनि उनले पर्फमेन्स दिइरहेका छन् । अभिनय क्षेत्रमै आफ्नो भविष्य देखेका उनले आफ्नो अभिनय यात्रालाई थप उचाइमा पुर्याउन खतिवडा थप मेहनत गरिरहेको बताउछन् ।  

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै