• २०८१ बैशाख ७ शुक्रबार

बाढी पहिरोबाट हालसम्म १३१ जनाको मृत्यु, ३२ अझै बेपत्ता

kharibot

फाइल तस्विर

काठमाडौँ ।  बाढी पहिरो र डुबानबाट हालसम्म १३१ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ मन्त्रालयका अनुसार हालसम्म १३१ जनाको मृत्यु भएको ३० जना घाइते भएको र ३२ जना अझै बेपत्ता रहेका छन् । 

गृह मन्त्रालयका अनुसार बाढी प्रभावित क्षेत्रमा राहतको काम जारी रहेको छ हालसम्म हेलिकप्टरको माध्यमबाट ९१७५ केजी खाध्य सामग्री पुर्याइएको छ भने स्थल मार्गबाट कुल ३२१३९ थान त्रिपाल वितरण गरिएको छ । 

विहिबार प्रधानमन्त्री शेरबहादुर देउवाले बाँके, बर्दिया र कैलाली जिल्ल का बाढी र डुबान प्रभावित क्षेत्रको स्थलगत निरिक्षण एवं राहत वितरण गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै