• २०८१ बैशाख ६ बिहीबार

रसियाको राष्ट्रपतिका लागि पुटिनसहित आठ जना उम्मेदवार

kharibot

मस्को, रसिया ।  वर्तमान राष्टपति भ्लादिमिर पुटिन सहित आठ जना नेता रसियाको राष्ट्रपतिका लागि चुनावी मैदानमा उत्रिएका छन् । 

आउदो मार्च १८ मा हुने राष्ट्रपतीय निर्वाचनमा उनीहरु प्रतिश्पर्धामा उत्रिने निश्चय औपचारिक रूपमा भएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।  राष्ट्रपतिको निर्वाचनमा मतदान गर्ने मतपत्रमा आठै जना उम्मेदवारहरूको नाम बर्णानुक्रम अनुसार राखिने पनि आयोगले स्पष्ट पारेको छ । 

उम्मेदवारी दर्ता गराएका मध्ये एक जना स्वतन्त्र उम्मेदवार रहेका छन्, जसलाई कुनै पार्टीको समर्थन वा सिफारिस छैन ।  त्यसैगरी एक जना अपेक्षित उम्मेदवार रहेका छन्, जसले कम्तिमा तीन लाख मतदाताहरूको हस्ताक्षर नै संकलन गरेका छन् । 

रसियाको राष्ट्रपतीय निर्वाचनमा राजनीतिक दलको तर्फबाट उम्मेदवार बन्ने हरेक व्यक्तिले कम्तिमा एक लाख मतदाताको हस्ताक्षर बुझाउनै पर्ने व्यवस्था रहेको छ ।  वर्तमान राष्ट्रपति पुटिन अहिले तेस्रो कार्यकालका लागि प्रतिस्पर्धामा छन्  । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै