आलिया भट्टका नयाँ प्रेमी टेलिकम टाइकुनका छोरा !

खरीबोट
ad

मुम्बई । बलिवुड अभिनेत्री आलिया भट्ट र अभिनेता रनबीर कपुरबीच अफयेर्सको चर्चा बलिवुडमा हुदै गर्दा आलियाको जीवनमा नयाँ व्यक्तिको प्रवेश भएको रिपोर्ट बाहिरिएको छ ।

यसअघि बलिवुड सम्बन्धि रिपोर्टिंग गर्ने स्पोट ब्यायका अनुसार अहिले रनबीर र आलिया पालै पालो आ-आफ्नो घरमा पार्टी गरिरहेको उल्लेख गरेको थियो ।

कट्रिनासँगको ब्रेकअप पछि पाकिस्तानी अभिनेत्री माहिरा खानसँग रनबीरको अफयेर्स चलेको बताइएको थियो । तर केहि महिना अघि दुवैको विवादित तस्विर सामाजिक सञ्जालमा भाइरल भएको थियो । तर पछिल्लो पटक रनबीर र माहिराबीच पनि ब्रेक अप भएको रिपोर्ट पछि रनबीरको नाम आलियासँग जोडिएको थियो ।

पछिल्लो पटक आलियाको नाम हाइक म्यासेन्जरका फाउण्डर कभिन मित्तलसँग जोडिएको छ । मिड डेका अनुसार आलिया र केभिनको भेट गत अक्टोबरमा वोर्ल्ड इकोनोमिक फोरममा भेट भएको बताइएको छ । केभिन भारतीय टेलिकम टाइकुन सुनील मित्तलका छोरा हुन् । सुनील एयरटेलका फाउन्डर र चेयरम्यान हुन् ।  

आलिया भट्ट अहिले बलिवुडमा सर्वाधिक सफल अभिनेत्री हुन् । एक पछि अर्को सफल फिल्ममा अभिनय गरेकी आलियाले यस बर्ष राजी, गली ब्याय, ब्रम्हास्त्र, शुद्धी, आशिकी-३, शिद्धत जस्ता फिल्ममा व्यस्त छिन् । फिल्ममा पाएको सफलताको चर्चा सँगै आलियाको प्रेम प्रसंग पनि चर्चित हुदै आएको छ ।

लामो समय देखि अफयेर्समा रहेका आफ्ना डेभ्यु अभिनेता सिद्धार्थ मलहोत्रासँग ब्रेकअप भएको चर्चा सेलाउन नपाउदै आलिया आफ्ना स्कुल जीवनका प्रेमी पूर्वप्रेमी अली डाडरकरसँग नजिकिएको रिपोर्ट आएको थियो । 
 

सम्बन्धित समाचार

आलियाको 'राजी' सुपरहिट, ६ दिनमा कमायो ५१ करोड 

मुम्बई । बलिवुड अभिनेत्री आलिया भट्टको नयाँ फिल्म राजीले भारतीय बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको छ । फिल्मले रिलिजको ६ दिनमा ५१ करोडको ब्यापार गरेको छ ।  फिल्मले पहिलो दिन केबल साढे

आलिया अभिनित ‘राजी’ को बक्स अफिसमा चल्यो जादु 

मुम्बई । बलिवुड अभिनेत्री आलिया भट्टको नयाँ फिल्म राजीले भारतीय बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको छ । फिल्मले रिलिजको तीन दिनमा ३१ करोडको व्यापार गरेको छ ।  फिल्मले पहिलो दिन केबल

सिद्धार्थलाई बिर्सन नसकेकी आलिया 

मुम्बई । बलिवुडमा हिरो हिरोइनको अफयेर्स र ब्रेकअपको चर्चा फिल्ममा गरेको कामको भन्दा बढी चर्चा हुने गर्दछ ।  यसैबीच अहिलेकी चर्ह्चित हिरोइन आलिया भट्टले सिद्धार्थ मलहोत्रासँग ब्रेकअप गरेको चर्चाले मिडियामा राम्रो

जासुस बनेकी आलियाको ‘राजी’ को ट्रेलर सार्वजनिक 

मुम्बई । बलिवुड अभिनेत्री आलिया भट्टको नयाँ फिल्म ‘राजी’ को ट्रेलर सार्वजनिक भएको छ । छोटो समयमा बलिवुडमा आफ्नो अलग्गै पहिचान बनाउन सफल आलियाको ट्रेलरलाई दर्शकले अत्यधिक मनपराएका छन् । यस फिल्ममा

Loading...

Loading...