• २०८१ बैशाख १३ बिहीबार

शान्तिपूर्ण समाज निर्माण गर्न न्यायमा पहुँच बढाउनुपर्छ : प्रधानन्यायाधीश

kharibot

काठमाडौँ । प्रधानन्यायाधीश गोपाल पराजुलीले विकृति÷विसंगति अन्त्य गरी शान्तिपूर्ण समाजको निर्माण गर्न न्यायमा पहुँच बढाउनुपर्ने बताएका छन् । 

राष्ट्रिय न्यायिक प्रतिष्ठान नेपालले आज आयोजना गरेको ‘पुनःस्थापकीय न्यायस्रोत केन्द्र’ को उद्घाटन गर्दै उनले पीडित र पीडकलाई उचित दण्ड र न्यायको अनुभूति हुने गरी न्यायमा पहुँच पुर्याउनुपर्ने बताए ।

प्रधानन्यायाधीश पराजुलीले भने, ‘क्षतिपूर्ति दिन सक्ने आर्थिक अवस्था पीडकको छ कि छैन ? पीडितलाई न्यायको अनुभूति हुने खालको न्याय भएको छ कि छैन, कसरी न्याय मिल्छ भनेर अध्ययन गर्न जरुरी छ ।’ 

कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश सपना मल्लले कैदीलाई सुधार गरी समाजमा गएर जीवनयापन गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिँदै पीडकलाई दण्ड दिएर मात्र नपुग्ने भएकाले समाजमा पुनःस्थापना जरुरी छ भने । केन्द्रले पीडक र पीडितलाई समाजमा सहज रुपमा पुनःस्थापना गर्ने वातावरणको सिर्जना गराउन केन्द्रले तालीम दिनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै