• २०८१ बैशाख १३ बिहीबार

स्पेनको बार्सिलोनामा आतंककारी हमला, १३ जनाको मृत्यु  

kharibot

आतंककारीले प्रयोग गरेको सेतो भ्यान

स्पेनको बार्सिलोना शहरमा आतंकवादी हमला भएको छ  ।

बार्सिलोनाको लस राम्बल्स पर्यटकीय क्षेत्रमा एउटा सेतो भ्यानले मानिसहरुलाई किचेर कम्तिमा १३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन्  ।

घटनामा दुइजना बन्दुकधारी संलग्न भएको र एक जनाको प्रहरीको गोली लागि मृत्यु भएको बताइएको छ भने अर्को बन्दुकधारीको खोजि भइरहेको प्रहरीले नजाएको छ ।

बिबिसीले  प्रत्यक्षदर्शीलाई उदृत गर्दै भ्यानले मानिसलाई किच्दै हिडेको बताएको छ । त्यस्तै स्पेनको इआइ पायस पत्रिकाले दर्जनौ मानिसलाई भ्यानले किचेको उल्लेख गरेको छ ।

घटनामा कम्तिमा पनि एक दर्जन मानिस घाइते भएका छन् भने दुई बन्दुकधारीले एक रेस्टुरेन्टमा मानिसहरुलाई बन्दी बनाएको प्रहरीले बताएको छ ।

स्पेनका प्रधानमन्त्रीले यस घटनालाई आतंककारी घटना भएको बताएका छन् ।  प्रहरीले पनि घटनालाई आतंककारी घटनासँग जोडेर छानबिन गरिरहेको बताएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै