• २०८१ बैशाख ८ शनिबार

आईफोन ८ को डिजाइन लिक !

kharibot

दुई महिनापछि एप्पलले नयाँ आईफोन ल्याउँदै छ । १०औँ वर्षगाँठ मनाइरहेको एप्पलले आईफोनलाई नयाँ डिजाइन दिने तयारी गरेको छ । आईफोन एक्स अथवा आईफोन ८ भन्ने एकीन भइसकेको भने छैन । त्यसो त लञ्च हुनुअगावै यसको डिजाइन लिक हुनेगरेको छ । पछिल्ला केही महिना रेन्डर, डायग्रामदेखि इन्डस्ट्री मज्सेप्ट पनि इन्टरनेटमा देखिनथालेको छ ।

अहिले इन्टरनेटमा लिक भएको एउटा डिजाइनलाई अब आउने आईफोनको फाइनल डिजाइन मानिएको छ । फोब्र्सले यसका केही तस्बिरहरु पनि सेयर गरेको छ । फोब्र्सका अनुसार यो कि आईफोन ८ को कि भने आईफोन वार्षिक संस्करण हो । यसका अनुसार फोब्र्सले केस डिजाइनर नोडुको सप्लाइ चेनबाट यो सीएडी फाइल पाइएको हो । सोही फाइलको आधारमा डिजाइन तयार गरिएको हो ।

जसअनुसार अब आउने आईफोनमा ५.८ इञ्चको ओलेड डिस्प्ले हुनेछ । यसबाहेक डिजाइन रेन्डरमा दुई रियर क्यामरा देख्नसकिन्छ भने यसको सेटअप भर्टिकल छ । रिपोर्टका अनुसार यस्तो क्यामरा दिनुको अर्थ यसमा आग्मेन्टेड रियालिटी, थ्रिडी सेन्सिङ र डेप्थ अफ फिल्ड फिचर सामेल गर्नु हो । फोब्र्सका अनुसार लाइटर्निंग पोर्ट यो पटक पनि हुन्छ भने हेडफोन ज्याक यसपटकदेखि हुनेछैन ।

यद्यपि यस्ताखाले डिजाइन पहिले पनि लिक भएको थियो । यतिमात्र हैन, केही भिडियो पनि छन्, जहाँ यसका कन्सेप्टबारे बताइएको छ । त्यस्तै टच आईडीलाई डिस्प्लेमा राखिन्छ कि राखिँदैन त्यो चाहिँ अहिले नै भन्न सकिन्न । किनकि रिपोर्टमा दाबी गरिएको छ कि यो चोटि टच आइडीलाई बायोमेट्रिक स्क्रीनअनुसार प्रयोग गरिनेछ । मतलब यहीँबाट अनुहार पहिचान गरेर आईफोन अनलक गर्नसकिनेछ ।

एप्पलले सेप्टेम्बरमा आईफोन ७५ र आईफोन ७५प्लस ल्याउँदै छ । त्यसदेखि बाहेक एउटा आईफोन एक्स कि आईफोन ८ पनि लञ्च गर्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै