इन्टरपोलको सहयोगमा १६ बर्षपछि हत्या आरोपी पक्राउ

खरीबोट
ad

काठमाडौँ । एक व्यक्तिको हत्यामा दोषी ठहरिएका अतिनी भन्ने मुखिया गुरुङलाई भारतमा पक्राउ गरी आज नेपाल ल्याइएको छ । 

विसं २०५८ मा ठमेलको एक डिस्कोमा सुवर्ण गुरुङलाई धारिलो हतियारले आक्रमण गरी हत्या गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतले २०६४ साल पुस १ गते अभियुक्त गुरुङलाई जन्म कैद सजायको फैसला गरेको थियो । 

घटनापछि फरार रहेको गुरुङलाई नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले गत मंसिर १२ गते रेडकर्नर नोटिस जारी गरेको थियो । गुरुङ गत मंसिर २२ गते भारतको जयपुरस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंकक हुँदै मलेसिया जाने क्रममा भारतीय प्रहरीले पक्राउ गरी नयाँ दिल्लीस्थित पटियाला अदालतमा उपस्थित गराएको थियो । 

सो अदालतको फैसला अनुरुप भारत सरकार, विदेश मन्त्रालयले गुरुङलाई नेपाल प्रहरीलाई बुझाएकाले भारतबाट नेपाल प्रहरीले उनलाई आज नेपाल ल्याएको प्रहरी प्रवक्ता नायब महानिरीक्षक मनोज न्यौपानले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । 

पक्राउ परेका गुरुङलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पठाइने प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सुन तस्करी प्रकरणमा होटल व्यवसायी पक्राउ 

काठमाडौं । सुन तस्करी प्रकरणमा संलग्न रहको आशंकामा थप एक होटल व्यवसायी पक्राउ परेका छन् । सरकारले गठन गरेको अनुसन्धान समितिले ललितपुरमा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका व्यवसायी अकबर शाहलाई बिहीबार बेलुका

किर्ते नागरिकताका लागि सिफारिस गर्ने वडाध्यक्षसहित तीन पक्राउ

चौतारा । झुठो विवरण पेश गरी किर्ते नागरिकताका लागि सिफारिस गरेको आरोपमा सिन्धुपाल्चोकका एक वडाध्यक्षसहित तीनजनालाई आज प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नपा–१ स्याउलेका वडाध्यक्ष सानुकान्छा श्रेष्ठ, सोही

अख्तियारद्वारा कपिलवस्तुका सहायक वन अधिकृत तीन लाख घुससहित पक्राउ

कपिलवस्तु । कपिलवस्तुको इलाका वन कार्यालय जवाबैराठका सहायक बन अधिकृत ब्रह्मदेव महतोलाई रु तीन लाख रकमसहित आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । महतोलाई अख्तियारले चन्द्रौटास्थित निजको डेराबाट तीन

विद्युत् चोरीको आरोपमा वडा अध्यक्षसहित २१ जना पक्राउ

राजविराज । सप्तरीमा जारी रहेको विद्युत् हुकिङ नियन्त्रण अभियानअन्तर्गत तिरुहत गाउँपालिकाबाट वडा अध्यक्षसहित २१ जनालाई आज पक्राउ गरिएको छ ।  जिल्ला प्रहरी कार्यालय, सप्तरी र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजको संयुक्त