• २०८१ बैशाख ७ शुक्रबार

इन्टरपोलको सहयोगमा १६ बर्षपछि हत्या आरोपी पक्राउ

kharibot

काठमाडौँ । एक व्यक्तिको हत्यामा दोषी ठहरिएका अतिनी भन्ने मुखिया गुरुङलाई भारतमा पक्राउ गरी आज नेपाल ल्याइएको छ । 

विसं २०५८ मा ठमेलको एक डिस्कोमा सुवर्ण गुरुङलाई धारिलो हतियारले आक्रमण गरी हत्या गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतले २०६४ साल पुस १ गते अभियुक्त गुरुङलाई जन्म कैद सजायको फैसला गरेको थियो । 

घटनापछि फरार रहेको गुरुङलाई नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले गत मंसिर १२ गते रेडकर्नर नोटिस जारी गरेको थियो । गुरुङ गत मंसिर २२ गते भारतको जयपुरस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंकक हुँदै मलेसिया जाने क्रममा भारतीय प्रहरीले पक्राउ गरी नयाँ दिल्लीस्थित पटियाला अदालतमा उपस्थित गराएको थियो । 

सो अदालतको फैसला अनुरुप भारत सरकार, विदेश मन्त्रालयले गुरुङलाई नेपाल प्रहरीलाई बुझाएकाले भारतबाट नेपाल प्रहरीले उनलाई आज नेपाल ल्याएको प्रहरी प्रवक्ता नायब महानिरीक्षक मनोज न्यौपानले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । 

पक्राउ परेका गुरुङलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पठाइने प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै