• २०८१ बैशाख १३ बिहीबार

सरकारद्वारा राष्ट्रकवि घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथीको पदवी

kharibot

काठमाडौँ । सरकारले राष्ट्रकवि मावधप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथीको पदवी दिएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले घिमिरेलाई मानार्थ सहायक रथी बनाउने निर्णय गरेको हो।

यस्तै शुक्रबार बसेको बैठकले राष्ट्रियसभामा सरकारले सिफारिस गर्ने तीन जनाको नाम टुंग्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई जिम्मेवारी दिएको छ ।

राष्ट्रिय सभाका ५९ सदस्यमध्ये कम्तिमा एक जना महिलासहित तीनजना सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।

प्रधानमन्त्रीले शनिबार बिहानसम्म तीनजनाको नाम राष्ट्रपति कार्यालय पठाउने सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले जानकारी दिए ।

बैठकले रामबहादुर बम्जमले तपस्या गरेको पर्साको जंगललाई धार्मिक वन बनाउने निर्णय गरेको छ भने बूढीगण्डकी आयोजना निर्माण गर्न राष्ट्रिय योजना आयोगले तयार पारेको लगानी सम्बन्धी प्रतिवेदन पारित गरेको छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै