• २०८१ बैशाख ७ शुक्रबार

विराटनगरमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

kharibot

उर्लाबारी ।  विराटनगर– ३ स्थित कोशी राजमार्गमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको उपचारका क्रममा आज अपराह्न मृत्यु भएको छ । 

बिहीबार बेलुका उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को११प १८२८ नंको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा विराटनगर– ४ बस्ने ५० वर्षीय रुद्र धमला गम्भीर घाइते भएकामा विराट् नर्सिङ होम विराटनगरमा उपचारका क्रममा आज अपराह्न मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मदन गिरीले जानकारी दिए । ठक्कर दिने मोटरसाइकल र त्यसका चालकलाई वडा प्रहरी कार्यालय विराटनगरले नियन्त्रणमा लिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै