• २०८१ बैशाख ८ शनिबार

भारतद्वारा गुगललाई दुई अर्ब १७ करोड जरिवाना 

kharibot

दक्षिण एसिया । भारतले इन्टरनेटमा खोजी गर्ने हस्ती साइट गुगलमाथि दुई अर्ब १७ करोड नेपाली रुपैयाँ जरिवाना गराएको छ ।

भारतीय प्रतिस्पर्धा आयोगले गुगललाई सर्च गर्दा जालझेल गरी प्रतिस्पर्धी कम्पनीलाई अवरोध गरेको भन्दै उक्त जरिवाना तिराएको हो । प्रयोगकर्ताहरुले उडानबारे खोजी गर्दा त्यससम्बन्धी कुराहरु सिधा गुगलको आफ्नै उडान खोज पृष्ठमा भएको सीसीआईले पाएपछि उक्त जरिवाना गरिएको बीबीसीले जनाएको छ । 

बीबीसीका अनुसार गुगलका प्रवक्ताले रोयटर्ससँग कुरा गर्दै सीसीआईको ध्यानाकर्षणबारे पुनर्विचार गरिरहेको बताएका छन् । 

आफ्नो एक सय ९० पृष्ठ लामो प्रतिवेदनमा सीसीआईले गुगलले आफ्ना प्रयोगकर्ता  र प्रतिस्पर्धी दुवैलाई हानि पुर्याएको आरोप लगाइएको छ । भारत मातृमोनी र उपभोक्ता संरक्षण समूहको भारतीय म्याचमेकिंग वेबसाइटले सन् २०१२ मा उजुरी दर्ता गराएको थियो ।  

गुगलले भने आफ्ना प्रयोगकर्ताको चाहनालाई सम्बोधन गर्न आफूहरु सधैँ प्रतिबद्ध रहेको बताएको छ । भारतीय आयोगले भने आफ्नो ध्यान सधैँ भारतीय प्रतिस्पर्धा कानुनअनुसार निर्णय गरेको बताएको छ । उक्त जरिवाना भारतको वार्षिक औसत आम्दानीको पाँच प्रतिशतबराबर रहेको छ । यद्यपि यसले गुगललाई गाह्रो नपार्ने बताइएको छ । 

गत हप्तामात्रै गुगलको मातृकम्पनी अल्फाबेटले एक चौमासिकमा ६.८ बिलियन डलर नाफा भएको बताएको थियो । यसअघि युरोपेली आयोगले पनि सर्च जायन्ट कम्पनी गुगलले प्रतिस्पर्धीलाई अप्ठ्यारोमा पारेको भन्दै २.४ बिलियन युरो जरिवाना गराएको थियो । यसको तुलनामा उक्त जरिवाना निकै कम रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै