सुकुटी व्यवसायले सहनी समुदायको जीवनशैली बदलिदै 

खरीबोट

फाइल फोटो ।

वीरगञ्ज । सहनी समुदायले माछाको सुकुटी बनाएर व्यवसाय शुरु गरेपछि उनीहरुको आम्दानी ह्वात्तै बढेको छ । 

परम्परागत रुपमा माछा मार्ने काममा लागेको सहनी समुदाय व्यावसायिक रुपमा माछाको सुकुटी उत्पादन गरी व्यापार गर्न थालेका छन् । बाराको देवताल गाउँपालिका– ६ रौवाहीको सहनी समुदायले माछाको सुकुटी बनाएर व्यापार गर्न थालेको छ । 

जिल्ला कृषि विकास कार्यालयले रु २५ हजार अनुदान सहयोग गरेपछि उक्त समुदायले रु ५० हजारको लागतमा माछा सेक्ने भट्टी निर्माण गरेका छन् । विगत २२ वर्षदेखि माछाको सुकुटी उत्पादन गर्दै आएका इन्द्रजित सहनी यही व्यापारबाट घरखेत जोडेको बताउँछन् । सुकुटीको मुख्य बजार काठमाडौँ हो । 

‘सुकुटी बेच्न समस्या छैन,’ उनले भने । कोइलाको आगोमाथि तारजाली रहेको भट्टीमा माछा पोलेर सुकुटी बनाइन्छ । यहाँको सुकुटीको काठमाडौँमा अत्याधिक माग रहेको उनको भनाइ छ । करिब तीन क्विन्टल माछा सुकाएपछि एक क्विन्टल सुकुटी बन्छ । 

काठमाडौँका व्यापारीले प्रतिकिलो सुकुटी रु एक हजारमा किनेर प्रतिकिलो रु एक हजार ५०० सम्ममा बिक्री गर्ने गरेका रामेश्वर सहनीले बताए । उनले प्रतिमहिना १५० क्विन्टल काँचो माछाको सुकुटी बनाएर बिक्रीका लागि काठमाडौँ पठाउने गरेका छन् । अहिले रौवाहीका अन्य सहनी परिवारले समेत व्यावसायिक रुपमा सुकुटीको व्यापार गर्न थालेका छन् । 

‘मासिक रु ५० हजारसम्म आम्दानी हुन्छ,’ स्थानीयवासी छट्टु सहनीले भने । सहनी समुदाय अहिले अन्य पेसा छाडी सुकुटी व्यवसायतर्फ आकर्षित भएको छ । 

सम्बन्धित समाचार

किन बढ्दै छ विदेशी चिनीको उपभोग ?  व्यवसायी भन्छन् - सरकारले चासो दिएन

काठमाडौं । आफ्नै देशको कच्चा पदार्थबाट उत्पादित चिनीको मूल्यभन्दा सार्क राष्ट्रहरुबाट उत्पादित चिनीको मूल्य कम हुनाले आम नेपाली उपभोक्ताहरुले स्वदेशीभन्दा पनि विदेशी चिनी प्रयोग गर्दै आएका छन् ।   चिनी उत्पादनको

सरकारले निर्माण व्यवसायीलाई ४४ अर्ब रकम तिर्न बाँकी

विराटनगर । नेपाल निर्माण व्यवसायी महासंघले नेपाल सरकारसँग विभिन्न निर्माण कार्य गरेबापत रु ४४ अर्ब रकम लिन बाँकी रहेको जनाएको छ ।  महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले यहाँ आज पत्रकार सम्मेलन गरी

निर्माण व्यवसायी संघ इलामको अध्यक्षमा चिपालु निर्वाचित

मंगलबारे । नेपाल निर्माण व्यवसायी संघ इलामको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा सुवास चिपालु निर्वाचित भएका छन् ।  अध्यक्षमा निर्वतमान अध्यक्ष राजकुमार भक्तराजलाई २६ मत अन्तरले पछि पार्दै चिपालु निर्वाचित भएका हुन्

सुकुटी व्यवसायले सहनी समुदायको जीवनशैली बदलिदै 

वीरगञ्ज । सहनी समुदायले माछाको सुकुटी बनाएर व्यवसाय शुरु गरेपछि उनीहरुको आम्दानी ह्वात्तै बढेको छ ।  परम्परागत रुपमा माछा मार्ने काममा लागेको सहनी समुदाय व्यावसायिक रुपमा माछाको सुकुटी उत्पादन गरी व्यापार