काठमाडौँ । फिफाले सन् २०१७ को उत्कृष्ट खेलाडीको २४ जनाको सुची विहिबार जारी गरेको छ । जसमा रियल म्याड्रिडमा ७ जना खेलाडी परेका छन् भने बार्सिलोनाबाट चार जना खेलाडी परेका छन् ।
उत्कृष्ट २४ खेलाडीको सुचिमा परेका खेलाडीहरुमा क्रिस्टियानो रोनाल्डो, कर्भाजल, मार्सेलो, टोनी क्रुज, लुका मोड्रीच, नाभास, सर्जियो रामोस, लियोनेल मेसी, लुइस स्वरेज, नेइमार, आन्द्रे इनेष्टा, लियोनार्दो बोनुची, लेवानडोस्की, एन्टोनी ग्रीजम्यान, इडेन हजार्ड, जलाटन इम्ब्रहिमोविच, बुफोन, डीबाला, केन, सान्चेज, केन्ट, भिडाल, ओबामेयांग र नेइयोर रहेका छन् ।
त्यस्तै फिफाले बर्षको उत्कृष्ट १२ म्यानेजरको सुची पनि सार्वजनिक गरेको छ । जसमा रियल म्याड्रिडका जिनेदिन जिदान, चेल्सीका एन्टोनी कोन्टे, पेप गवार्डिओला, कार्लो अन्सेलोटि, मासीमिलियानो अलेग्री, लुइस इनरिक, जोसे मोरिन्हो, डिएगो साइमन, लियोनार्दो जर्डिम, जोअचिम लो, माउरिचियो पोचेटिनो, टिटे रहेका छन् ।
त्यस्तै फिफाले उत्कृष्ट १० महिला खेलाडीको सुची पनि जारी गरेको छ ।
फिफाले संसार भरिका खेल पत्रकार, टिम कप्तान र म्यानेजरहरुको भोटिंग मार्फत बर्षको उत्कृष्ट खेलाडी छनौट गर्ने गर्दछ । यसअघि बेलुन डेओरको नामबाट दिइने यो पुरस्कार गत बर्षदेखि फिफा बर्ष खेलाडीको नामबाट दिइन थालेको छ ।