• २०८१ बैशाख ८ शनिबार

शारीरिक सुगठन टोली कोरिया जाने

kharibot

एसियाली शारीरिक सुगठन प्रतियोगिताको ५१ औं संस्करणमा सहभागी हुन जाने नेपाली खेलाडीहरु

काठमाडौँ । एसियाली शारीरिक सुगठन प्रतियोगिताको ५१ औं संस्करणमा सहभागी हुन ५ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली शनिबार दक्षिण कोरियाको सिओल जाँदैछ । भदौ ४ दखि सुरु भइ १० गतेसम्म चल्ने प्रतियोगितामा ४ पुरुष र १ महिला खेलाडीले आ–आफ्नो क्षमता प्रदर्शन गर्नेछन् ।

पुरुषको ५५ केजीमा कमल भण्डारी, ७० केजीमा अशोक महर्जन, ७५ केजीमा गत संस्करणका स्वर्ण विजेता महेश्वर महेश महर्जन तथा स्पोर्ट्स फिजिक्सको १७० सेन्टीमिटर उचाईंमाथि विजयत्तमरत्न वज्राचार्यले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै निर्मला खड्काले मोडल फिजिक्सअन्तर्गत १६० सेन्टीमिटर उचाईंसम्म भाग लिने छिन् ।

नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठको नेतृत्वमा रहने टोलीको अफिसियलमा संघका उपाध्यक्ष राजेश उपाध्याय, निर्णायकमा अन्तर्राष्ट्रिय निर्णायक एवं संघका प्रथम उपाध्यक्ष विजयलाल कायश्थ र प्रशिक्षकमा ज्ञानेन्द्र नकर्मी छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले बिहीबार सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे । त्यस अवसरमा उनले देशको विभिन्न भागमा बाढीबाट पीडितलाई केहि हदसम्म भएपनि खुशी तुल्याउन खेलाडीले पदक प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै