• २०८१ बैशाख ७ शुक्रबार

डिभिजन २ मा नेपाल एक विकेटले विजयी, बसन्त रेग्मी बने खेलको हिरो 

kharibot

काठमाडौँ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपालले आयोजक नामिबियालाई एक विकेटले पराजित गरेको छ 

नामिबियाले दिएको १३९ रनको लक्ष्य ९ विकेट गुमाउदै ४९.२ ओभरमा १४० रन बनाउदै पुरा गरेको थियो ।

नेपाललाई जिताउन बसन्त रेग्मीले अन्तिम सम्म खेल्दै नटआउट २४ रन बनाएका थिए  ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नामिबिया ३४.२ ओभरमा १३८ रन बनाउदै अल आउट भएपछि नेपालले १३९ रनको लक्ष्य पाएको हो । 

नामिबियालाई सस्तैमा आउट गर्ने क्रममा नेपालका सन्दीप लामिछानेले ४, सोमपाल कामी ३ विकेट लिएका थिए भने बसन्त रेग्मी, पारस खड्का र शरद भेसवाकरले एक एक विकेट लिएका थिए ।

सन्दीपले ८.२ ओभर बलिंग गर्दै २ मेडन ओभरसहित १८ रन दिएर ४ विकेट लिएका छन् ।

नामिबियाका लागि क्रेग विलियमले सर्वाधिक ४१ रन बनाए भने जेन ग्रिन र जेन फ्राईलिंकले २२-२२ रन बनाएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै