• २०८१ बैशाख १३ बिहीबार

प्रधानसेनापतिद्वारा पूर्वप्रधानसेनापति र पूर्वरथीहरुसँग भेटघाट तथा अन्तरक्रिया

kharibot

तस्बिर : नेपाली सेना

काठमाडौँ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली सेनाका पूर्व प्रधान सेनापतिहरु एवं पूर्व रथीवृन्दसँग भेटघाट तथा अन्तरक्रिया गरेका छन् । 

नेपाली सेना सम्बन्धि विभिन्न गतिविधि तथा राष्ट्रिय सुरक्षासँग संवद्ध समसामयीक विषयहरुमा नियमित रुपमा सेनाका निवर्तमान वरिष्ठ रथीवृन्दबीच हुने भेटघाट तथा अन्तरक्रियाको क्रममा जंगी अड्डामा उक्त कार्यक्रम भएको हो । 

सो कार्यक्रमलाई संवोधन गर्दै प्रधान सेनापति क्षत्रीले नेपाली सेनाको समयसापेक्ष सुदृढिकरण तथा क्षमता विकासको लागि हाल भईरहेका गतिविधिहरु बारे संक्षिप्त जानकारी गराए । सो कार्यक्रममा वर्तमान सुरक्षा स्थितिको विश्लेषण, नेपाली सेनाबाट भईरहेका गतिविधि तथा कल्याणकारी गतिविधी बारे सम्बन्धित निर्देशनालयहरुबाट जानकारी गराईएको थियो । 

उक्त अवसरमा पूर्वप्रधानसेनापति र रथीबृन्दहरुले राष्ट्रिय सुरक्षा तथा समसामयिक विषयमा धारणा राखेका थिए । बलाधिकृत रथी पूर्णचन्द्र थापाले उक्त कार्यक्रमको समापनको क्रममा प्रधानसेनापति लगायत पूर्वप्रधानसेनापतिहरु एवं पूर्व रथीवृन्दको उपस्थिति तथा सह्रानिय राय सुझावहरुको लागि धन्यवाद व्यक्त गरेका थिए । 

सो कार्यक्रममा पूर्व प्रधानसेनापतिहरु तथा बहालवाला एवं पूर्व वरिष्ठ रथीवृन्दको उपस्थिति रहेको थियो । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै