• २०८१ बैशाख १३ बिहीबार

प्रजातन्त्र दिवस मनाएर वर्तमान सरकारले बिदा लिने

kharibot

फाइल तस्बिर

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले राष्ट्रियसभाको निर्वाचनसँगै आफूहरुको दायित्व पूरा भएको बताएका छन् । 

बीहीबार आयोजित अन्तक्र्रियामा उनले आगामी फागुन ७ गते प्रजातन्त्र दिवस मनाएर आफूहरु बिदा हुने जानकारी दिँदै वर्तमान सरकारले राष्ट्रियसभाको गरिमा धान्न सक्ने तीन जना पनि सिफारिश गर्ने बताएका हुन् । 

कार्यक्रममा नेकपा एमालेका नेता एवम् प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले एमाले र नेकपा माओवादी केन्द्र बीच अब छिट्टै एकता हुने विश्वास व्यक्त गर्दै सरकार अबको दुई साताभित्रै बनिसक्ने बताए ।

माओवादी केन्द्रका नेता रामनारायण बिंडारीले अबका प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत वाम पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै हुने बताउँदै सरकार गठन भएपछि प्रक्रिया मिलाएर केही दिनभित्र पार्टी एकता हुने जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै