• २०८१ बैशाख ७ शुक्रबार

एनएमबि बैंक र मेटलाइफ इन्स्योरेन्सबीच बैकास्युरेन्स् सम्झौता 

kharibot

तस्विर : खरीबोट

काठमाडौँ । एनएमबि बैंकले बैकास्युरेन्स् सेवाको लागी मेटलाइफ इन्स्योरेन्स् कम्पनीसँगको सम्झौता गरेको छ । सम्झौतापत्रमा बैकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र मेटलाइफका भाइस प्रेसिडेण्ट तथा जनरल म्यानेजर निर्मलकाजी श्रेष्ठद्वारा हस्ताक्षर गरिएको छ ।

यस सम्झौताबाट एनएमबि बैंकले नेपालभरी फैलिएको शाखाहरुबाट ग्राकहहरुलाई सरल, सुलभ र उत्कृष्ठ सेवा सहित मेटलाईफको जीवन बीमा योजनाहरु उपलब्ध गराउनेछ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले यस सम्झौताले एनएमबि बैकलाई आफ्नो सेवाग्राहीहरुका सम्पूर्ण वित्तीय आवश्यकता सम्वोधन गर्न सहयोग हुने भन्दै बैंकले आगामी दिनमा समेत यस प्रकारका अन्य उत्कृष्ठ सेवा प्रदान गरिरहने प्रतिबद्वता ब्यक्त गरे ।

उनले एनएमबि बैंकले विश्व स्तरीय बैंकिङ प्रोडक्ट तथा सेवा सुबिधाहरुमा काम गर्दै ग्राहकहरुलाई अत्तिरिक्त सुविधा दिन यो सम्झौताले थप टेवा पुग्नेमा आफू विश्वस्त रहेको बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै