• २०८१ बैशाख ६ बिहीबार

नामिबियाविरुद्ध ४ विकेट लिएका सन्दीपलाई दिल्ली डेयरडेभिल्सको बधाई

kharibot

काठमाडौँ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा नामिबियाविरुद्ध उत्कृष्ट बलिङ गरेका सन्दीप लामिछानेलाई इन्डियन प्रिमियर लिग आइपिएल टिम दिल्ली डेयरडेभिल्सले बधाई दिएको छ ।

नामिबियाविरुद्ध ४ विकेट लिएका सन्दिपका बारेमा आइपिएल टिम दिल्लीले आफनो ट्विटरमा उत्कृष्ट बलिङ गरेको भन्दै बधाई दिएको हो । दिल्लीले सन्दीपले उत्कृष्ट बलिंग गरेका कारण नामिबिया १३८ मा समेटिएको उल्लेख गरेको छ ।

नामिबियाको ब्याटिंग लाइन ध्वस्त बनाउन सन्दिपले ८.२ ओभर बलिङ गर्दै २ ओभर मेडेनसहित १८ रन दिएर ४ विकेट लिएका छन् ।

गत जनवरी २८ मा भएको आईपिएलको अक्सनमा सन्दीपलाई दिल्लीले २० लाख भारतीय रुपैयाँमा टिममा अनुबन्ध गरेको थियो । सन्दीप नेपालबाट आइपिएल खेल्ने पहिलो खेल्दै बनेका छन् ।  

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै