• २०८१ बैशाख १४ शुक्रबार

२० वर्षअघि रुखको टोड्कामा अड्किएको कुकुर यस्तो हालतमाा भेटियो !

kharibot

उत्तर अमेरिका । २० वर्षअघि रुखको टोड्कामा परेर अड्किएको अवस्थामा एउटा कुकुरको कंकाल भेटिएको छ । अमेरिकाको जर्जिया राज्यमा कटुसको रुखको टोड्कामा शिकार पछ्याउने क्रममा अड्किएको अवस्थामा कुकुरको उक्त कंकाल फेला परेको हो । 

उक्त कुकुर अहिले जंगली संग्रहालयको मुख्य आकर्षण बनेको छ । रुखको काठ चिरानका क्रममा उक्त रहस्यमय अवस्थामा कुकुरको कंकाल फेला परेको थियो । टोड्कामा भएका कारण कुकुरको जिउ नगली सुकेको थियो । सन् १९६० को दशकतिर कुकुर टोड्कामा परेको हुनसक्ने बताइएको छ । 

विज्ञहरुले कुकुरले कुनै सानो जनावरलाई शिकार गर्ने क्रममा रुखमा परेको हुनसक्ने विश्वास गरेका छन् । उक्त रुख पनि सुकेकै अवस्थामा रहेको थियो । त्यसमा भएको टानिक नामक एसिडले जनावरको छाला अररो बनाउन सघाउ पुर्याउने उनीहरुको भनाइ छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै