• २०८१ बैशाख ५ बुधबार

अन्डर १५ साफ च्याम्पियनसिप फुटबल शुक्रबारदेखि

kharibot

तस्विर : एन्फा

काठमाडौँ । पन्ध्र वर्षमुनिको दक्षिण एशियाली फुटबल संघ साफ (यु–१५) च्याम्पियनसिपअन्तर्गत शुक्रबारदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुरु हुने खेलमा समूह ‘ए’का बंगलादेश र श्रीलंका आमनेसामने हुने भएका छन् । 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक सुनिल श्रेष्ठले घरेलु मैदानमा हुन लागेको उक्त प्रतियोगिताको फाइदा उठाउँदै आफ्नो टोली विजयी हुने विश्वास व्यक्त गरे । 

प्रशिक्षक श्रेष्ठले अन्य टोलीभन्दा भारत बलियो भएको बताउँदै उनीहरुलाई पराजित गरेर सेमिफाइनल हुँदै फाइनलमा पुग्ने लक्ष्य छ भने  । उनले अर्को महिना नेपालमै हुने एएफसी १६ वर्षमुनिको च्याम्पियनसिप छनोटको तयारीमा रहेको नेपाली टोलीलाई यस प्रतियोगिताले सहयोग पुग्ने भनाइ व्यक्त गरे । 

नेपाली टोलीका कप्तानमा रोशन थापा मगर छन् । टोलीका अधिकांश खेलाडी एन्फा एकेडेमीका हुन् । समूह ‘बी’मा रहेको नेपालले आफ्नो पहिलो खेल भने शनिबार माल्दिभ्ससँग खेल्दै उद्घाटन गर्नेछ । नेपालको समूहमा माल्दिभ्स र भारत छन् । त्यस्तै समूह ‘ए’मा भने बंगलादेश, भुटान र श्रीलंका छन् । 

दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगितामा पाकिस्तानले भने सहभागिता जनाएको छैन । गत वर्ष पहिलो संस्करण यु–१६ च्याम्पियनसिप भएपछि एएफसीले यस पटकदेखि यु–१५ च्याम्पियनसिपको आयोजना गर्न लागेको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै